शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्स पब्लिक कायम

नेपालभ्युज

शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्स पब्लिक कायम

काठमाडौं । शिवम् सिमेन्ट्सको सहायक कम्पनी शिवम् होल्डिङ्गस कम्पनी ऐनको दफा ६३ बमोजिम कारोबार स्वीकृति गरी पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ।

शिवम् नेपालमा स्थापित सिमेन्ट उद्योगहरूमध्ये नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत एक मात्र पब्लिक लिमिटेड कम्पनी हो।

शिवम् होल्डिङ्गस लिमिटेडको अधिकृत पुँजी ५ अर्ब ८० करोड र चुक्ता पूँजी ४ अर्ब रहेको छ भने शिवम् होल्डिङ्गसले चिनियाँ लगानी समेत रहेको होङशी शिवम् सिमेन्टको संस्थापक रहि उक्त उद्योगमा ३० प्रतिशत शेयर लगानी गरेको छ।

शिवम् होल्डिङ्गसको ३० प्रतिशत र चिनियाँ हङकङ रेड लाइन सिमेन्ट नं ३ कम्पनीको ७० प्रतिशत शेयर लगानी रहेको होङशी शिवम् सिमेन्टले पहिलो चरणमा ६००० मेट्रिक टन क्लिङ्कर र सिमेन्ट विगत ३ वर्षदेखि उत्पादन तथा बिक्री वितरण गरिरहेको छ।

दोस्रो चरणमा हालको क्षमता अभिवृद्धि गरी थप ६००० मेट्रिक टन उत्पादन गर्ने र दैनिक २०,००० मेट्रिक टन चुनढुंगा खानी स्थलबाट उद्योग स्थलसम्म पुर्‍याउन आधुनिक कन्भेयर वेल्ट निर्माणको क्रममा ५ कि।मि। लामो सुरुङगमार्ग निर्माणाधिन अवस्थामा रहेको छ। उक्त कम्पनीले गत आव २०७७/०७८ को मुनाफाबाट शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर समेत वितरण गरिसकेको छ।

साथै शिवम् होल्डिङ्गस लिमिटेडले आफ्नो चुक्ता पुँजीको अधिकांश रकम होङ्शी शिवम् सिमेन्ट प्रालिको उद्योगमा संस्थापक शेयरवालाको हैसियतले शेयर लगानी गरिसकेको र मुनाफा भई प्रतिफल समेत प्राप्त गर्न शुरु भइसकेको यस कम्पनीले संस्थापक समूहतर्फ ८० प्रतिशत रहेको छ।

निकट भविष्यमा धितोपत्र बोर्ड समेतको स्वीकृतिमा निकट भविष्यमा सर्वसाधारणका लागि समेत सार्वजनिक निष्काशन गरी पुँजी संकलन गरी थप अन्य क्षेत्रमा समेत लगानी गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

शिवम् होल्डिङ्गस लिमिटेडमा मुख्य लगानीकर्ता, संस्थापक शिवम् सिमेन्ट्स लिमिटेडको करीब ८५ प्रतिशत अर्थात ३ अर्ब ४० करोड १० लाख ४२ हजार रुपैयाँको शेयर लगानी छ। अन्य १९ जना विभिन्न क्षेत्रका उद्योग व्यापार र पेशा व्यवसायको आ-आफ्नो क्षेत्रमा सफलतापूर्वक क्रियाशील रहेका व्यक्तिगत संस्थापकहरूको करीब १५ प्रतिशत अर्थात ५९ करोड ८९ लाख ५८ हजार रुपैयाँ बराबरको शेयर रकम लगानी गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved