विकृति अन्य गर्नका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री : कमल थापा

परमादेशबाट सरकार बनेपछि आलोपालो मन्त्री बन्ने प्रथा चलेको अध्यक्ष थापाले बताए।

नेपालभ्युज

विकृति अन्य गर्नका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री : कमल थापा
फाइल तस्वीर

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले विकृति अन्त्य गर्नका लागि जनताबाट प्रत्यक्ष निवाृीचत प्रधानमन्त्री प्रणाली हुनुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्।

परमादेशबाट सरकार बनेपछि आलोपालो मन्त्री बन्ने प्रथा चलेको अध्यक्ष थापाले बताए। उनले यस्तो विकृतिको अन्त्य गर्नका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चाहिने उनको भनाइ छ।

‘स्थिरता र बलियो सरकार भए देश विकास हुन्छ भन्ने आशमा जनताले नेकपालाई करीब दुईतिहाइ सिट दिए,’ थापाले लेखेका छन्, ‘तर, सरकार तीनवर्ष पनि टिक्न सकेन।’

त्यसपछि परमादेशबाट सरकार बनेको अध्यक्ष थापाले उल्लेख गरेका छन्। उनले नेकपा तीन टुक्रा भएको र अहिले आलोपालो मन्त्री बन्ने प्रथा चलेको लेखेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved