रमेश खरेल काठमाडौं १ बाट चुनाव लड्ने

नेपालभ्युज

रमेश खरेल काठमाडौं १ बाट चुनाव लड्ने

काठमाडौं। पूर्वडीआईजी रमेश खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन्।

नेपाल सुशासन पार्टीका अध्यक्ष समेत रहेका खरेलले आगामी प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं १ बाट उम्मेदवारी दिने भएका हुन्।

खरेलले उम्मेदवारी दिने घोषणा गरेको उक्त क्षेत्रबाट २०७४ को संघीय निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंह विजयी भएका थिए।

उम्मेदवारीको औपचारिक घोषणा भने निर्वाचनको मिति तय भएपछि गर्ने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved