राष्ट्रसंघको कार्यालयअगाडि शरणार्थीहरूको प्रदर्शन (फोटो फिचर)

यूएनएचसीआरले आर्थिक तथा सामाजिक गतिविधिहरूमा चासो नदिँदा मानव अधिकारको हनन् भएको ती शरणार्थीहरुको भनाइ छ।

राष्ट्रसंघको कार्यालयअगाडि शरणार्थीहरूको प्रदर्शन (फोटो फिचर)

काठमाडौं। संयुक्त राष्ट्रसंघको कार्यालयअगाडि शरणर्थीहरू प्रदर्शन गरेका छन्। रोहिन्यासहितका शरणार्थीहरूले पुलचोकस्थित राष्ट्रसंघको कार्यालयअगाडि विरोध प्रदर्शन गरेका हुन्।

शरणर्थीहरूले आफ्नो मानवीय अधिकारको माग गर्दै प्रदर्शन गरेका हुन्। विभिन्न देशबाट शरणार्थी बनेर नेपाल आइपुगेकाहरूले मानवीय अधिकारको माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।

संयुक्त राष्ट्रसंघले जारी गरेको मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकारको माग गर्दै म्यानमार, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, सोमालिया, नाइजेरियासहितका देशबाट नेपाल आएका शरणार्थीले प्रदर्शन गरेका हुन्।

यूएनएचसीआरले आर्थिक तथा सामाजिक गतिविधिहरूमा चासो नदिँदा मानव अधिकारको हनन् भएको ती शरणार्थीहरूको भनाइ छ। उनीहरूले संयुक्त राष्ट्रसंघका संयोजकलाई ११ बुँदे मागसहित ज्ञापनपत्र पनि बुझाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved