भारतमा बस दुर्घटना, स्कुले बालबालिकासहित १६ जनाको मृत्यु

नेपालभ्युज

भारतमा बस दुर्घटना, स्कुले बालबालिकासहित १६ जनाको मृत्यु

एजेन्सी। भारतमा बस दुर्घटना हुँदा स्कुले बालबालिकासहित १६ जनाको मृत्यु भएको छ।

हिमाञ्चल प्रदेशको कुल्लुमा सोमबार बिहान ८ बजेतिर जंगला गाउँनजिकै एक निजी बस दुर्घटनाग्रस्त हुँदा १६ जनाको मृत्यु भएको हो।

एचपी३०ए ०६४६ नम्बरको बस २५० मिटर गहिरो खोँचमा खसेको हो।

घाइते तीन जनालाई कुल्लू अस्पताल भर्ना गरिएको भारतीय सञ्चार माध्यमले जनाएको छ।

बसमा स्कुले बालबालिकासहित ४५ यात्रु जना सवार थिए। केन्द्र सरकारले मृतकका परिवारलाई २/२ लाख रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved