व्यावसायिक कर समान गर्न जनप्रतिनिधिलाई व्यवसायीको आग्रह

महर्जनले व्यवसायीका समस्या समाधानका लागि बेलाबेलामा जनप्रतिनिधिलाई खबरदारी गर्नसमेत आग्रह गरे। न्यूरोड क्षेत्रको पार्किङको समस्या समाधानका लागि वडा कार्यालय लागिरहेको उनको भनाइ थियो ।

नेपालभ्युज

व्यावसायिक कर समान गर्न जनप्रतिनिधिलाई व्यवसायीको आग्रह

काठमाडौं। नेपाल व्यापार सङ्घले व्यावसायिक कर समान गर्न नवनिर्वाचित जनप्रतिनिलाई आग्रह गरेको छ।

सङ्घले काठमाडौं महानगरका नवनिर्वाचित जनप्रतिनिधिलाई ‘बधाई तथा स्वागत कार्यक्रम’मा व्यवसायीले पार्किङ समस्या समाधानदेखि घर भाडामा देखिएको समस्या समाधान गर्न आग्रह गरेका हुन्।

कार्यक्रममा काठमाडौं महानगरपालिका–२२ का वडाध्यक्ष चीनकाजी महर्जनले न्यूरोड क्षेत्रमा देखिएका व्यवसायीको समस्या समाधान गर्न जनप्रतिनिधिको सधैँ साथ र समर्थन रहने बताए। “जनप्रतिनिधि र व्यवसायी मिल्ने हो भने न्यूरोड क्षेत्रको अधिकांश समस्या समाधान हुन्छ,” उनले भने।

अध्यक्ष महर्जनले आफ्नो वडाले व्यवसायीबाट वार्षिक १२ करोडभन्दा बढी रकम राजस्व उठाउने गरेको बताउँदै यस क्षेत्रको समस्या समाधानका लागि पनि वडाले खर्च गर्ने प्रतिबद्धता व्यक्त गरे। “हामी जनताको शासक होइनौँ, सेवक बन्न चाहन्छौँ,” उनले भने।

महर्जनले व्यवसायीका समस्या समाधानका लागि बेलाबेलामा जनप्रतिनिधिलाई खबरदारी गर्नसमेत आग्रह गरे। न्यूरोड क्षेत्रको पार्किङको समस्या समाधानका लागि वडा कार्यालय लागिरहेको उनको भनाइ थियो।

काठमाडौं महानगरपालिका–२५ का वडाध्यक्ष राजेश डङ्गोलले व्यवसायीको लगानीको सुरक्षा गर्न स्थानीय सरकार कटिबद्ध भएर लाग्ने बताए। व्यवसायीको इच्छा र चाहनाअनुसार आफूहरुले सेवा प्रदान गर्ने उनको भनाइ छ।

काठमाडौं महानगरपालिका–२७ का वडाध्यक्ष योगेशकुमार खड्गीले आफूहरुले कार्यपालिका बैठकमा काठमाडौंको पार्किङ, घरभाडालगायतका व्यवसायीको समस्याको बारेमा आवाज उठाइसकेको बताए। उनले बजारलाई सुरक्षित बनाउनका लागि आवश्यक पर्ने सीसीटीभी जडानलाई वडाले विशेष प्राथमिकता दिने उल्लेख गरे।

सङ्घका अध्यक्ष कुमार कार्कीले न्यूरोड क्षेत्रमा व्यवसायी र घरबेटीबीच भाडा, बिजुली, ढल, बिजुली तथा इन्टरनेटको तारलगायतको समस्या रहेको जनाउँदै उक्त समस्या समाधानका लागि स्थानीय सरकारलाई आग्रह गरे।

कार्कीले मल्लकालीन व्यापारिक केन्द्र न्यूरोड क्षेत्रमा पार्किङको ठूलो समस्या रहेको भन्दै पार्किङलाई व्यवस्थित गर्नुपर्ने, पार्किङ शुल्क घटाउनुपर्ने, व्यावसायिक कर सबै वडामा समान गर्नुपर्नेलगायतका माग राखे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved