डेनमार्कको एक सपिङ मलमा गोलाबारी, तीन जनाको ज्यान गयो

डेनमार्कको एक सपिङ मलमा गोलाबारी भएको छ। बन्दुकधारीले चलाएको गोली लागेर तीन जनाको ज्यान गएको छ भने केही घाइते भएका छन्।

नेपालभ्युज

डेनमार्कको एक सपिङ मलमा गोलाबारी, तीन जनाको ज्यान गयो
सांकेतिक तस्वीर।

काठमाडौं। डेनमार्कको एक सपिङ मलमा गोलाबारी भएको छ। बन्दुकधारीले चलाएको गोली लागेर तीन जनाको ज्यान गएको छ भने केही घाइते भएका छन्।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले जनाएको छ। दक्षिण कोपनहेगनमा रहेको फिल्ड्स मलमा गोलाबारी भएको हो।

घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले २२ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ। घटना पछि प्रधानमन्त्री मेट फ्रेड्रिकसेनले डेनमार्कले क्रुर आक्रमण भोगेको बताएका बीबीसीले जनाएको छ।

फिल्ड्स मलमा १ सय ४० भन्दा धेरै पसल र रेस्टुरेन्ट छन्। यो मल कोपनहेगनको बाहिरी भागमा छ र यो सहरको केन्द्रसँग जोडिने सबवे लाइन नजिकै रहेको खबरमा उल्लेख छ। डेनमार्कमा पछिल्लो पटक सन् २०१५ मा आक्रमण भएको थियो।

कोपेनहेगनको एउटा सांस्कृतिक केन्द्र तथा सभा घरमा भएको आक्रमणमा दुई जनाको ज्यान गएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved