देशका धेरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा

देशका धेरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि धेरै ठाउँमा पानी पर्ने मौसमविद् बिनु महर्जनले बताए।

नेपालभ्युज

देशका धेरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा

काठमाडौं। देशका धेरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि धेरै ठाउँमा पानी पर्ने मौसमविद् बिनु महर्जनले बताए। उनका अनुसार आज पानी पर्ने सम्भावना भए पनि केही दिन अघिको जस्तो लगातार झरी पर्दैन।

पानी पर्दै रोकिने क्रम चल्ने महर्जनले बताए। यस्तै, आज राति भने देशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् महर्जनले जानकारी दिए। आज गण्डकी, लुम्बिनी, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् बिनु महर्जनले बताए।

धेरैजसो पश्चिमी क्षेत्रमा धेरै पानी पर्ने अनुमान गरिएको छ। यसैबीच, काठमाडौंसहित देशका धेरै ठाउँमा गर्मी बढेको छ। लगातार झरी नपरेको र पानी पर्दै घाम चर्किँदै गरेकाले गर्मी बढेको मौसमविद्को भनाइ छ। आज भने हिजो अस्तिको जस्तो घाम चर्किने सम्भावना नरहेकाले केही गर्मी कम हुने अनुमान छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved