सडक मकै पोल्ने दम्पतीविरुद्ध महानगरको थप ज्यादती, थप कारबाहीको लागि प्रहरीमा उजुरी

नगर प्रहरीले लछारपछार गरेको भिडिओ सार्वजनिक भएसँगै महानगरपालिकाको आलोचना भइरहेको छ। नगर प्रहरीले घुस मागेको आचार्य दम्पतीको आरोप छ। तर, आफूहरूले घुस खुलासा भएको भन्दै प्रतिसोधको लागि प्रहरीमा उजुरी दिएको नगर प्रहरी स्रोतको दाबी छ। नगर प्रहरीले भने घुस मागेको कुरा अस्वीकार गर्दै आएको छ।

नेपालभ्युज

सडक मकै पोल्ने दम्पतीविरुद्ध महानगरको थप ज्यादती, थप कारबाहीको लागि प्रहरीमा उजुरी

काठमाडौं। काठमाडौं महानगरपालिकाको नगर प्रहरीले महाराजगन्ज र बालुवाटार क्षेत्रका फुटपाथमा मकै बेच्ने चेतेन्द्र आचार्य र सीता आचार्य दम्पतीलाई थप कारबाही गर्न भन्दै काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीमा उजुरी दिएको छ। महानगरको नगर प्रहरीले महानगरीय प्रहरी वृत्त महाराजगन्जलाई पत्र लेखेको हो।

आफूहरूले पाँच हजार घुस मागेको भन्दै मिडियामा बोलेको भन्दै आक्रोशित नगर प्रहरीले मकै पोल्ने दम्पतीलाई आफूले कारबाही गर्दा प्रतिवाद गरेको बहानामा उजुरी गरेको हो। आचार्य दम्पतीको गाडा र मकै, मकै पोल्ने चुल्हो खोसेर नगर प्रहरीले लगिसकेको छ। तर उल्टै उनीहरूलाई थप कारबाही गर्न माग गर्दै नगर प्रहरीले प्रहरीलाई गुहारेको हो।

बालुवाटारमा सडकको फुटपाथमा मकै पोल्ने दम्पतीलाई थप कारबाही गर्न महानगरीय प्रहरी वृत्त महाराजगन्जलाई पत्र लेखेको महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिए। ‘‘नगर प्रहरीमाथि हातपात र दुर्व्यवहार गरेकाले उनीहरूलाई कारबाहीका लागि निवेदन दिएका हौँ।’’

बालुवाटार क्षेत्र राष्ट्रपति र प्रधानमन्त्रीको आवतजावत भइरहने क्षेत्र भएकाले सडकमा बसेर व्यापार गर्न नपाइने नगर प्रहरीको भनाइ छ।

आचार्य दम्पतीले मकै बेच्दै गर्दा गएको शुक्रवार बालुवाटारमा नगर प्रहरीले लछारपछार गर्दै ठेला लगेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भाइरल छ। घटना बाहिरिएसँगै महानगरपालिकाको आलोचना भइरहेको छ। नगर प्रहरीले घुस मागेको आचार्य दम्पतीको आरोप छ।

तर, आफूहरूले घुस खुलासा भएको भन्दै प्रतिसोधको लागि प्रहरीमा उजुरी दिएको नगर प्रहरी स्रोतको दाबी छ। नगर प्रहरीले भने घुस मागेको कुरा अस्वीकार गर्दै आएको छ।

मेयर बालेन शाहको चुनावी घोषणापत्रमा उपभोग अवधि वा समयअनुसार खुला ठाउँमा फुटपाथ व्यवसायको समय तालिका निर्धारण गरिने उल्लेख थियो । घोषणापत्र कार्यान्वयन गर्नुको सट्टा महानगरले सडक छेउमा मकै पोल्नेहरुलाई काम गरेर खान नदिएको भन्दै चर्को आलोचना भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved