माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दै

आइतबारदेखि काठमाडौँमा शुरु भएको बैठकमा दोस्रो दिन आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनलगायतका विषयमा छलफल हुनेछ।

नेपालभ्युज

माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दै
फाइल तस्वीर

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। आइतबारदेखि काठमाडौँमा शुरु भएको बैठकमा दोस्रो दिन आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनलगायतका विषयमा छलफल हुनेछ।

साथै पदाधिकारीको चयनको विषयमा पनि थप छलफल हुनेछ । बैठकका ९ एजेन्डामध्ये आज बाँकी एजेन्डामा छलफल हुनेछ।

आइतबारको बैठकले ३७३ केन्द्रीय सदस्यको टुंगो लगाएको छ। जसमा प्रचण्ड अध्यक्ष र अन्य ३७२ जना केन्द्रीय समिति सदस्य रहेका छन्।

पहिलो दिन अध्यक्षले एजेण्डा प्रस्तुत गरेपछि प्रदेश इन्चार्ज तथा अध्यक्षहरूले रिपोर्टिङ गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved