ओन्टारियोमाथि नेपालको लगातार दोस्रो जित

क्यानडामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा लगातार दोस्रो खेल पनि जितेको छ। आइतबार राति भएको खेलमा नेपालले क्यानडाको ओन्टारियो क्रिकेट क्लबलाई ५५ रनले हराएको हो।

नेपालभ्युज

ओन्टारियोमाथि नेपालको लगातार दोस्रो जित

काठमाडौं। क्यानडामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा लगातार दोस्रो खेल पनि जितेको छ। आइतबार राति भएको खेलमा नेपालले क्यानडाको ओन्टारियो क्रिकेट क्लबलाई ५५ रनले हराएको हो।

उक्त क्लबसँग नेपालले पहिलो खेलमा एक दिवसीय फर्म्याटको र दोस्रो खेलमा टी–२० को फर्म्याटमा खेलेको हो। पहिलो खेलमा नेपाल ६९ रनले विजयी भएको थियो।

नेपालले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको ओन्टारियोले १९ ओभर ३ बलमा अलआउट हुँदै  १ सय ५४ रन मात्र बनाउन सक्यो।

भरुण सेहदेबले ५० रनको अर्धशतकीय इनिङ्स खेले। नरेश बुढाऐरले ४१ रन जोड्दा जाडे पाडेमोरले ३७ रन बनाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved