चुनावमा अन्तर्घात गर्नेमाथि एमालेले कारबाही गर्ने, बनायो छानबिन समिति

नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा पार्टीभित्रकै अन्तर्घातको कारण धेरै स्थानीय तहमा निर्वाचन हारेको निष्कर्षसहित कारबाही गर्न छानबिन समिति गठन गर्ने भएको छ।

नेपालभ्युज

चुनावमा अन्तर्घात गर्नेमाथि एमालेले कारबाही गर्ने, बनायो छानबिन समिति

काठमाडौं। नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा पार्टीभित्रकै अन्तर्घातको कारण धेरै स्थानीय तहमा निर्वाचन हारेको निष्कर्षसहित कारबाही गर्न छानबिन समिति गठन गर्ने भएको छ। पार्टीभित्र व्यापक रूपमा माग भएसँगै स्थानीय निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्न समिति बनाउने निर्णय गरेको हो।

एमालेले स्थानीय चुनावबाट पार्टी मूल शक्तिका रूपमा स्थापित भए पनि परिणाम अपेक्षा गरेअनुरूप हुन नसकेको निष्कर्ष निकालेको छ।
छानबिन समितिको निष्कर्षका आधारमा पार्टीले अन्तर्घातीलाई आवश्यक कारबाही गर्ने जनाइएको छ।

नेता विष्णु पौडेलका संयोजकत्वमा एमाले सचिवालय बैठकले पौडेलको संयोजकत्वमा निर्वाचन विभाग र संगठन विभाग प्रमुख सदस्य रहने गरी उजुरी छानबिन समिति बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

अन्तर्घातको कारण कारण आन्तरिक समस्याहरू बढ्दै गएको बताउँदै गुरुङले पार्टीभित्र देखा परेका अनुशासनहीनता र अराजकतालाई अन्त्य गरेर पार्टीलाई चुस्त÷दुरुस्त बनाएर चुनावमा जाने निर्णय भएको बताए। असार मसान्तभित्र स्थानीय निर्वाचन समीक्षा गरिसक्ने निर्णय भएको बताउँदै उनले त्यसका लागि जिल्ला तथा मातहत कमिटीहरूले गरेको आत्मसमीक्षा असार मसान्तभित्र पार्टी हेडक्वार्टरमा उपलब्ध गराउन पनि निर्देशन दिएको जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved