माओवादीको केन्द्रीय समितिमा लार्क्याल लामादेखि प्रचण्डका ज्वाइँसम्म

नेपालभ्युज

माओवादीको केन्द्रीय समितिमा लार्क्याल लामादेखि प्रचण्डका ज्वाइँसम्म
फाइल तस्वीर

काठमाडौं। नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा रहने सदस्यहरूको सङ्ख्या बढाएको छ । आइतबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले थप केन्द्रीय सदस्यहरूलाई पथ तथा गोपनीयताको शपथ दिलाएका हुन्।

गत महाधिवेशनमा माओवादीले २९९ सदस्य भन्दा बढी केन्द्रीय समिति सदस्य नबनाउने बताए पनि आइतबारसम्म आइपुग्दा यो सङ्ख्या निकै बढेको छ।

माओवादीले विवादित व्यक्ति लार्क्याल लामादेखि अध्यक्ष प्रचण्डका ज्वाइँ जीवन आचार्यसम्मलाई केन्द्रीय समिति सदस्य बनाएको छ। हालसम्म माओवादीमा ३७३ जना केन्द्रीय सदस्य पुगेका छन् भने त्यसमा नेताहरूका आफन्तहरूको सङ्ख्या उल्लेख्य रहेको छ।

यस्तै माओवादीले ८६ जनालाई वैकल्पिक सदस्य बनाएको छ । माओवादीमा पद वितरण अपारदर्शी बनाएको भन्दै आइतबारको केन्द्रीय समिति बैठकमै कटाक्ष भएको थियो। बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले पद दिने मामिलामा नेतृत्व भावुक भएको भन्दै कसैले रोई कराइ गर्दैमा पनि भावनामा बगेर केन्द्रीय सदस्य बनाइदिने परिपाटी रहेको भन्दै व्यङ्ग्य गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved