बल्खुमा गाडीको ठक्करबाट भारतीय बालकको ज्यान गयो

नेपालभ्युज

बल्खुमा गाडीको ठक्करबाट भारतीय बालकको ज्यान गयो
प्रतिकात्मक तस्बिर

काठमाडौं। बल्खुमा गाडीको ठक्करबाट भारतीय नागरिकको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका–१४ बल्खु तरकारी बजारनजिक सडकमा बा१३च ६४१९ नंको गाडीको ठक्करबाट भारत महाराष्ट्र घर भएका योगिता बन्सुरको पाँच वर्षीय छोरा आयुष बन्सुरको आज मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते आयुषको उपचारका क्रममा बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

दुर्घटनामा योगिता भने घाइते भएको र योगिताको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ। दुर्घटनामा संलग्न चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved