ब्राजिलमा १० वर्षीया बलात्कृत बालिकाको गर्भपतन गर्न रोक, आश्रयस्थल पठाइयो

नेपालभ्युज

ब्राजिलको अदालतले १० वर्षीया बलात्कार पीडित बालिकालाई गर्भपतन गर्न रोक लगाएको छ। यस मुद्दाको सुनुवाइ गर्दै न्यायाधीशले पीडितलाई परिवारका सदस्यहरूबाट टाढा रहेको आश्रयगृहमा पठाएकी छन्।

यो निर्णयपछि देशमा हंगामा मच्चिएको छ, धेरै मानवअधिकारकर्मी र गैरसरकारी संस्थाले अदालतको विरोध गरिरहेका छन्। यसबाहेक सामाजिक सञ्जालमा गर्भपतनको विषयमा बहस चलिरहेको छ।

वाशिंगटन पोस्टको रिपोर्टअनुसार न्यायाधीश रिबेरो जिम्मरले पीडितलाई गर्भपतन नगर्न अपील गरेका छन्। पछि सरकारी वकीलले पीडितलाई आफूले चाहेको खण्डमा गर्भपतनको सट्टा यो बच्चालाई धर्मपुत्र लिन सक्ने बताएको थियो।

गर्भपतन रोक्न शेल्टर होम पठाइयो

न्यायाधीशले बालिकालाई आश्रयगृहमा पठाउने आदेश दिएकी हुन्। बालिकाले घरमै बसेर गर्भपतनका लागि जस्तोसुकै ठूलो कदम चाल्न सक्ने भएकाले आश्रयगृहमा पठाउनुपर्ने उनले बताइन्। मिडिया रिपोर्टका अनुसार बालिकालाई घरमै बलात्कृत गरिएको थियो, यद्यपि आरोपीको पहिचान खुलाइएको छैन।

ब्राजिलमा २० हप्ताको गर्भ मात्र पतन गर्न पाइन्छ

ब्राजिलमा, बलात्कार वा गम्भीर भ्रुण समस्याबाट पीडित महिलाहरूलाई मात्र कानूनी रूपमा २० हप्तासम्म गर्भपतन गर्न अनुमति छ। ब्राजिलिया युनिभर्सिटीका प्रोफेसर डेबोराह डिनिजले यसबारे भने,  ‘ब्राजिल र ल्याटिन अमेरिकी देशहरूमा जहाँ गर्भपतन अपराध हो, यस प्रकारको कानूनी जटिलताले यसलाई अझ गाह्रो बनाउँछ।’

अमेरिकी सर्वोच्च अदालतको फैसलापछि बहस शुरु भएको हो

गर्भपतनका सम्बन्धमा अमेरिकी सर्वोच्च अदालतको फैसलापछि पश्चिमी देशहरूमा नयाँ बहस शुरु भएको छ। २४ जुनमा अमेरिकी सर्वोच्च अदालतले ५० वर्ष पुरानो ‘रो बनाम वेड’ निर्णयलाई उल्टाइदिएको थियो। जसका कारण गर्भपतनको संवैधानिक संरक्षण समाप्त भएको हो। त्यसयता अमेरिकाका विभिन्न शहरमा यसमाथि विरोध प्रदर्शन जारी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved