ट्याक्टर दुर्घटना हुँदा जन्ती हिँडेकी किशोरीको मृत्यु

नेपालभ्युज

ट्याक्टर दुर्घटना हुँदा जन्ती हिँडेकी किशोरीको मृत्यु

हेटौँडा। मकवानपुरको बागमती गाउँपालिका–७ स्थित धरान चतरा सडकखण्डमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय १७ वर्षीया किशोरी सलिना राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार दिउँसो बागमती–९ स्थित बेतिनीबाट सिन्धुलीमा दुलही लिन जन्ती हिँडेको ना ७ त ८०७३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा राईको घटनास्थलमै मृत्यु भएको हो।

उक्त ट्याक्टरमा सवार २१ घाइते भएका छन्। तीमध्ये सात जनाको अवस्थामा गम्भीर रहेका छन्। उनीहरूलाई उपचारका लागि हेटौँडातर्फ ल्याउँदै गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। उक्त घटनामा आवश्यक अनुसन्धान भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved