मेक्सिकोका मेयरले गोहीसँग बिहे गरे

नेपालभ्युज

मेक्सिकोका मेयरले गोहीसँग बिहे गरे

मेक्सिकोका सान पेड्रो हुआमेलुला नगर प्रमुख मेयर भिक्टर ह्युगो सोसाले बिहीबार सात वर्षको गोहीसँग विवाह गरेका छन्।

उनले विवाहपछि दुलही अर्थात् गोहीलाई चुम्बन पनि गरेका छन्। उक्त विवाह समारोहमा निकै मानिसहरू उपस्थित भएका थिए। त्यहाँ उपस्थितहरूले निकैबेर नाँचगान पनि गरेका थिए।

टोकाइबाट जोगिन उक्त गोहीको मुख भने बाँधिएको थियो। यस्तो विवाह ओसाका राज्यमा सय वर्षभन्दा अगाडिदेखि चल्दै आएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved