‘जीवनको पाना’को फिमेल भर्सन सार्वजनिक

यस गीतको मेल भर्सनमा कलाकार मदनकृष्ण श्रेष्ठको स्वर थियो।

नेपालभ्युज

‘जीवनको पाना’को फिमेल भर्सन सार्वजनिक

काठमाडौं। गीत ‘जीवनको पाना’ को फिमेल भर्सन सार्वजनिक भएको छ। हिजो (शनिबार) गोल्डेन क्रिएसन युट्युब च्यालनमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो।

गायिका बेनिशा पौडेलको स्वर रहेको गीतमा बमकुमार श्रेष्ठको शब्द तथा सन्तोष श्रेष्ठको संगीत रहेको छ। यस गीतको मेल भर्सनमा कलाकार मदनकृष्ण श्रेष्ठको स्वर थियो।

एकोस्टिक नेपालमा रेकर्डिङ गरिएको गीतलाई देवेन्द्र नेवाले एरेन्ज गरेका छन् भने प्रकाश मिश्रले मिक्सिङ तथा मास्टरिङको काम गरेका छन्।

देवेन्द्र पाण्डेले निर्देशन गरेको भिडियोमा गायिका पौडेलसँगै राजेन्द्रप्रसाद वाग्लेलाई फिचरिङ गरिएको छ। साथै, बालकलाकारको रुपमा बिभूती शर्माले अभिनय गरेकी छन्। भिडियोमा वाग्ले बाबूको भूमिकामा देखिएका छन्। यसअघि पनि उनले ‘यो दुनियाँ’, ‘वर्षौंको हाम्रो साथ’ लगायतका म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्।

जीवनको पानाको मेल भर्सनको भिडियोमा भने अभिनेता सरोज खनाल, मदनकृष्ण श्रेष्ठ, लक्षण अधिकारी, राजेन्द्र कट्टेल लगायतको अभिनय छ। केन्द्र मोसन पिक्चर्स युट्युब च्यानलमा रहेको मेल भर्सनको जीवनको पानाले झण्डै २ लाख ६० हजार भ्यूज पाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved