आइएमई जनरल र ग्यालेक्सी स्पेसालिटी क्लिनिकबीच सेवा सम्झौता

नेपालभ्युज

आइएमई जनरल र ग्यालेक्सी स्पेसालिटी क्लिनिकबीच सेवा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र Galaxy Specialty Clinic Pvt. Ltd. बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ।

उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत श्री शरण रेग्मी र Galaxy Specialty Clinic का प्रबन्ध निर्देशक श्री शिव राज केसीले हस्ताक्षर गरेका छन्।

यस सम्झौतापश्चात् आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहकहरूलाई Galaxy Specialty Clinic महाराजगन्ज, काठमाडौंमा प्राप्त हुने सेवाहरू जस्तैः एक्सरे, यूएसजी, ईसीजी र इको लगायत सेवाहरुमा १०% सम्म र ओपीडी सेवामा २५% सम्मको आकर्षक छुट प्राप्त हुने संस्थाले जनाएको छ।

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत श्री शरण रेग्मीले Galaxy Specialty Clinic सँग आबद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकलाई आवश्यक निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved