कर्णाली प्रदेश लोक सेवा आयोगको विज्ञापन

सीमित माग, बग्रेल्ती आवेदन

नयाँ कर्मचारी भर्नामा रहेको लोक सेवा आयोगले गरेको विज्ञापनमा मागभन्दा कैयौं गुढा बढी आवेदन पर्ने गरेको छ।

सीमित माग, बग्रेल्ती आवेदन

सुर्खेत। कर्णाली प्रदेश लोकसेवा आयोगले धमाधम कर्मचारीको भर्ना थालेको छ। नयाँ कर्मचारी भर्नामा रहेको लोक सेवा आयोगले गरेको विज्ञापनमा मागभन्दा कैयौं गुढा बढी आवेदन पर्ने गरेको छ।

कर्णाली प्रदेश सरकारले कम्प्युटर सहायक, निजमती विविध सेवा, ल्याब असिस्टेन्ट, सब ओभरसिअरलगायत पदका लागि विज्ञापन खोलेको छ। यी पदमा मागभन्दा करिब १८ गुणा बढी आवेदन परेको छ। ६५ पदमा माग भएकोमा साढे ११ हजारसम्म आवेदन परेका हुन्।

माग चार जनाको, आवेदन एक हजार सात सय २३

त्यस्तै प्रदेश लोक सेवाले कम्प्युटर सहायक अपरेटर (चौथो तह) का लागि २०७८ साल माघ २५ गते ४ जनाको माग गर्दै विज्ञापन खोलेको थियो। प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवाअन्तर्गतको यो विज्ञापनमा खुला तथा समावेशीतर्फ एक हजार सात सय २५ जनाको आवेदन परेको आयोगले जनाएको छ। यसको परीक्षा यही असार २९ वा ३० गते हुने सम्भावना छ।

माग १३ जनाको, आवेदन चार हजारको

कर्णाली प्रदेश लोक सेवा आयोगले नै निजामती सेवा तथा स्थानीय सरकारी सेवाका लागि २०७८ साल माघ २५ गते १३ जनाको माग गर्दै विज्ञापन खोल्यो। चौथो तहका यो विज्ञापनका लागि खुला तथा समावेशीतर्फ चार सय ५१ जनाको आवेदन परेको कर्णाली प्रदेश लोकसेवा आयोगका उपसचिव बृद्धिबहादुर खत्रीले जनाए।

स्वास्थ्य क्षेत्रमा माग १० जना आवेदन परे साढे २१ सयको

प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवाअन्तर्गत खुला समावेशीतर्फ चौथो तह स्वास्थ्य सेवातर्फ मेडिकल ल्याब टेक्निसियन, ल्याब असिष्टेन्टका लागि १० जना माग गरिएको थियो। यसका लागि दुई हजार एक सय ४९ जनाले आवेदन दिएको कर्णाली प्रदेश लोक सेवा आयोगले जनाएको छ।

सब-ओभरसियरमा माग ७५ को आवेदन छ हजार सात सयको

त्यस्तै प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवाअन्तर्गत गत माघ २५ गते नै चौथो तह इन्जिनियर सेवा, सिभिल समूह, जनरल उपसमूह र असिष्टेन्ट सब-ओभरसियरमा ७५ जनाको माग गरिएको थियो। तर, यसका लागि छ हजार सात सय जनाले आवेदन दिएका कर्णाली प्रदेश लोक सेवा आयोगले जनाएको छ।

सबैभन्दा कम आवेदन वैद्य समूहका

कर्णाली प्रदेश लोक सेवा आयोगले चौथो तहमा स्वास्थ्य तथा आयुर्वेद समूह वैद्य पदका लागि भने अन्यभन्दा कम आवेदन परेको छ। तर चार जनाको माग गरिएको यो पदका लागि पनि पाँच सय १४ जनाको आवेदन परेको आयोगको कार्यालयले जानकारी दिएको छ।

यो समूहमा सबैभन्दा कम आवेदन परेको लोकसेवा आयोगले जनाएको हो।

६९ पदको माग गर्दा ५२ सय आवेदन

आयोगले चौथो तह कृषि सेवा, भेटेरीनरी समूहमा ६९ पदका लागि आवेदन खोलेको थियो। समूहका यी पदका लागि पाँच हजार दुई सय सात जनाको आवेदन परेको छ। त्यस्तै, चौथो तह प्रशासन सेवाका लागि ६५ जनाको माग भएकोमा ११ हजार सात सय ५४ जनाले आवेदन दिएका छन्।

त्यस्तै, चौथो तहमा नै अमिन पदका लागि ४ जनाको माग भएकोमा एक हजार दुई सय ८३ जनाले आवेदन दिएका छन्।

मागभन्दा आवेदन बढी आउनु बेरोजगारी समस्या

कर्णाली प्रदेश लोक सेवा आयोगमा मागभन्दा आवेदन बढी आउनुमा बेरोजगारी समस्या बढी रहेको अधिवक्ता गीता कोइरालाले बताइन्। “हाम्रो समाजमा बेरोजगारी समस्या बढ्दै गयो। त्यसका कारणले लोकसेवाको विज्ञापनमा यसरी आवेदन परेका हुन्,” उनले भनिन्, “यो स्वाभाविकै प्रक्रिया हो।”

लामो समय सब-ओभरसियर बढेर आफूले लोक सेवाको तयारी गरेको तर, लामो समयसम्म पनि लोक सेवा आयोग नखुल्दा परीक्षा दिन नपाएको अहिले कर्णाली प्रदेशले खोलेको लोक सेवामा परीक्षा दिएको कालिकोट नरहरिनाथ गाउँपालिका-९ का किशोर विष्टले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved