युरोपा लिग खेल्नु परेपछि युनाइटेड छाड्न खोज्दै रोनाल्डो

नेपालभ्युज

युरोपा लिग खेल्नु परेपछि युनाइटेड छाड्न खोज्दै रोनाल्डो

काठमाडौं। स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले क्लबसँग अनुबन्ध भएको एक वर्ष पनि नपुग्दै म्यान्चेष्टर युनाइटेड छाड्ने इच्छा देखाएका छन्।

पोर्चुगिज कप्तान रोनाल्डोले नयाँ क्लबबाट अफर आएपछि आफूलाई बेच्न इंग्लिस क्लब युनाइटेडलाई आग्रह गरेका हुन्। १२ वर्षपछि आफ्नो पूर्वक्लब म्यानु फर्केका रोनाल्डो आखिर किन एक बर्ष पनि टिक्न सकेनन् त?

खेलाडी ट्रान्सफर विज्ञ फ्याबरिजिओ रोमानो भन्छन्, “रोनाल्डो हालको म्यान्चेष्टर युनाइटेड क्लबको खेलाडी किनबेच गर्ने मार्केटको सक्रियताको अवस्थाका कारण निकै निराश छन्। रोनाल्डो क्लबका प्रशिक्षक र अन्य खेलाडीसँग त खुशी छन्। तर उनलाई लाग्छ क्लबले केही नयाँ खेलाडी किन्नुपर्छ, ६-७ जना महत्वपूर्ण खेलाडी युनाइटेडलाई आवश्यक छ। तर क्लबसँग यसको कुनै लक्ष्य छैन।”

रोमानाले रोनाल्डो र रोनाल्डाको एजेन्ट जोर्जे मेन्डिस नजिक रहेको स्रोतबाट यो कुरा थाहा पाएको बताएका छन्।

रोनाल्डोले युनाइटेड छाड्न चाहानुको मुख्य कारण यो सिजनको खराब फर्म र विशेषगरी युरोपियन च्याम्पियनस् लिगका लागि छनोट हुन नसक्नु हो। उनी यूरोपा लिग खेल्न चाहँदैनन्।

इएसपीएनका अनुसार अर्को सिजन च्याम्पियन्स लिग खेल्नका लागि नै उनले म्यान्चेष्टर युनाइटेडसँग क्लब छाड्नका लागि आधिकारिक अनुरोध गरेका हुन्।

रोनाल्डोले जर्मन क्लब बार्यन म्यूनिखका फुटबल निर्देशकसँग पनि आफ्नो ट्रान्सफरका लागि सल्लाह गरेका थिए। तर बार्यनले रोनाल्डोलाई भित्र्याउने क्लबको योजना नरहेको बताइसकेको छ।

पाँच पटकका बालान डीओर विजेता रोनाल्डको लागि हालसम्म कुनै क्लबबाट मूर्त रुपमा अफर भने आएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved