झण्डै तीन लाख नगदसहित जुवा खेलिरहेका २१ जना पक्राउ

काठमाडौं, दाङ र सर्लाहीबाट झण्डै तीन लाख नगदसहित जुवा खेलिरहेका २१ जना पक्राउ परेका छन्।

नेपालभ्युज

झण्डै तीन लाख नगदसहित जुवा खेलिरहेका २१ जना पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं। काठमाडौं, दाङ र सर्लाहीबाट झण्डै तीन लाख नगदसहित जुवा खेलिरहेका २१ जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका–६ भृकुटीचोकस्थित नमस्ते होटेलबाट जुवातास खेलिरहेको अवस्थामा प्रकाशराजसहित ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-४ घर भएका ४५ वर्षीय प्रकाशराज प्रसाईको उक्त होटलमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार १८० रूपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कस्थित रातामाटा होटलबाट जुवातास खेलिरहेको अवस्थामा सल्यान शारदा नगरपालिका–११ घर भएका ३५ वर्षीय सेती राम बुढाथोकी लगायत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २ हजार ३८५ रूपैयाँ र १ गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो ।

सर्लाहीको लालबन्दी नगरपालिका–१० बस्ने कान्छा भन्ने अम्मर बहादुर गोलेको घरबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१७ बस्ने ४९ वर्षीय मिन बहादुर मगर लगायत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख ३४ हजार ४०५ रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved