पर्खाल भत्किँदा एक जनाको मृत्यु

नेपालभ्युज

पर्खाल भत्किँदा एक जनाको मृत्यु
सांकेतिक तस्वीर।

सुर्खेत । डोल्पामा घरको पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार बिहान ५ बजे डोल्पा शे–फोक्शुण्डो गाउँपालिका–३ मा घरको पर्खाल भत्किएपछि पर्खालमा च्यापिएका २१ वर्षीया भरत विकको मृत्यु भएको हो ।

वर्षातका कारणले ढुङ्गा माटोले बनेको घरको पुर्व पट्टिको कोठाको पर्खाल भत्किएर विकको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बिक सोही ठाउँमा मजदुरी काम गर्दै आएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved