पार्टी पदाधिकारी र विभागीय प्रमुख चयन गर्न प्रचण्डलाई नेताहरूको दबाब

नेपालभ्युज

पार्टी पदाधिकारी र विभागीय प्रमुख चयन गर्न प्रचण्डलाई नेताहरूको दबाब

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको नौ बुँदै एजेण्डामा पार्टी पदाधिकारीको विषयले प्रवेश पाएको छैन। ११ पुष २०७८ मा शुरु भएको पार्टीको महाधिवेशन सकिएको लामो समय हुँदा पनि पदाधिकारी चयन हुन नसकेको हो।

लामो समयपछि बसेको पार्टीको केन्द्रिय समितिको बैठकले पदाधिकारीको विषय टुंगो लगाउने विश्वास केन्द्रीय सदस्यले लिएका थिए। तर, पार्टीको अध्यक्षले प्रस्तुत गरेको एजेण्डामा यो विषयले प्रवेश नपाएपछि बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले बैठक लम्ब्याएर भए पनि पदाधिकारी टुंगो लगाउनु पर्ने बताएका छन्।

उनले भने, “यो केन्द्रीय समिति बैठकबाट पदाधिकारी र अरु संरचना टुंग्याउनु पर्छ । बरु पाँच दिनसम्म बैठक बसौं । यो भद्रगोल अवस्था नराखौं ।”

माओवादी केन्द्रले केन्द्रीय पदाधिकारीलगायत पार्टीका विभागीय प्रमुख चयन गर्न बाँकी छ। स्थानीय तहको निर्वाचनअघि अध्यक्ष दाहालले निर्वाचनपछि पदाधिकारीलगायत अन्य विभागीय प्रमुख चयन हुने बताएका थिए।

तर आफ्नो प्रस्तुत पार्टीको एजेण्डामा त्यो नपरेपछि केन्द्रीय सदस्यले महाधिवेशनपछि बाँकी रहेका काम सक्न नेतृत्वसमक्ष आग्रह गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved