अछाम हत्या प्रकरण : हत्यारा पक्राउ नपरेपछि पाँच दलले गरे यातायात बन्द

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी र राप्रपाले आइतबार बिहान ७ बजेदेखि दुई दिनसम्मका लागि यातायात सेवा बन्द गराएको हो।

नेपालभ्युज

अछाम हत्या प्रकरण : हत्यारा पक्राउ नपरेपछि पाँच दलले गरे यातायात बन्द

धनगढी। पञ्चदेवल विनायक – ४ का १५ वर्षीय किशोर विनोद शाहीको हत्या भएको एक महिना बितिसक्दा समेत आरोपी पक्राउ नपरेपछि अछाममा विभिन्न पाँच दलले यातायात सेवा बन्द गराएका छन्।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी र राप्रपाले आइतबार बिहान ७ बजेदेखि दुई दिनसम्मका लागि यातायात सेवा बन्द गराएको हो।

घटनामा संलग्न व्यक्ति तथा हत्याका योजनाकार समेतका नाममा किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता महिना बितिसकेको छ।घटनाको लामो समय भइसक्दा समेत आरोपीलाई न्यायिक हिरासतमा नलिइएको भन्दै यातायात बन्दको घोषणा गरिएको विज्ञप्ती उल्लेख छ।

शाहीको शव २१ जेठको बिहान पञ्चदेवल विनायक – ४, कालिकास्थानस्थित मध्यपहाडी लोकमार्गबाट १ किलोमिटर तल जंगलमा फेला परेको थियो।  पीडित पक्षले शाहीको हत्या गरेको आरोप लगाउँदै पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहितका १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। तर प्रहरीले पाँच जनाबाहेक अरुलाई पक्राउ गरेको छैन। मेयर चलाउने पनि फरार छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved