नबिलका सीईओ ढुङ्गानाले गरे पदभार ग्रहण

नेपालभ्युज

नबिलका सीईओ ढुङ्गानाले गरे पदभार ग्रहण

काठमाडौं। नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले पदभार सम्हालेका छन्।

शुक्रबारदेखि सीईओ ढुङ्गानाले पदभार सम्हालेका हुन्। नबिल बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले बैंकको सीईओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त गरेको थियो।

बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्षभन्दा बढी लामो अनुभव बटुलेका ढुङ्गाना यसअघि नेपाल बङ्गलादेश बैंकमा १० वर्ष सीईओको भूमिकामा थिए। यसबाहेक उनले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही काम गरेका छन्।

भारतबाट चार्टर्ड एकाउन्टेन्सी (सीए) र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट (सीपीए) तथा वित्तिय विश्लेषणमा स्नातकोत्तरको अध्ययन पूरा गरेका ढुङ्गाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघ र सन् २०१५ मा म्यानेजर टू वाच विधामा पुसरस्कृत भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved