अभ्यास खेलमा आज नेपाल र ओन्टारियो भिड्दै

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज दोस्रो अभ्यास खेल खेल्दैछ। खेल साँझ सवा ७ बजे क्यानडाको ओन्टारियो क्लबविरुद्ध टि–२० फर्म्याटको खेल खेल्न लागेको हो।

नेपालभ्युज

अभ्यास खेलमा आज नेपाल र ओन्टारियो भिड्दै

काठमाडौं। क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज दोस्रो अभ्यास खेल खेल्दैछ। खेल साँझ सवा ७ बजे क्यानडाको ओन्टारियो क्लबविरुद्ध टि–२० फर्म्याटको खेल खेल्न लागेको हो।

यसअघि शुक्रबार भएको एकदिवसीय फर्म्याटको अभ्यासमा नेपालले ओन्टारियोलाई ६९ रनले पराजित गरेको थियो।
क्यानडासँगको सिरिजअघि नेपालले अभ्यास खेलिरहेको छ। नेपालले क्यानडा बसाइमा क्यानडा राष्ट्रिय क्रिकेट टिमसँग दुई एकदिवसीय अभ्यास सिरिज खेल्नेछ।

क्यानडा र नेपालले ४ र ५ जुलाईमा प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग टूको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved