माओवादी केन्द्रीय समिति बैठक बस्दै, को बन्लान् महासचिव ?

आज बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा स्थानीय चुनावको समीक्षाका साथै केन्द्रीय समितिको पूर्णताबारे छलफल हुनेछ।

नेपालभ्युज

माओवादी केन्द्रीय समिति बैठक बस्दै, को बन्लान् महासचिव ?
फाइल तस्वीर

काठमाडौं। पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्य विभाजनलगायतका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दैछ। आज बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा स्थानीय चुनावको समीक्षाका साथै केन्द्रीय समितिको पूर्णताबारे छलफल हुनेछ।

महाधिवेशन सकिएको लामो समय बितिसक्दा पनि माओवादी केन्द्रले महासचिवसहित पदाधिकारीको टुङ्गो लगाउन सकेको छैन। महासचिव चयनको किचलो सल्टेको छैन। अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा र नेता वर्षमान पुनबीच कसलाई रोज्ने भन्नेमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड द्विविधामा पर्दा माओवादी केन्द्रले अध्यक्षबाहेकका पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरो गठन गर्न सकेको छैन।

विधानअनुसार माओवादीले एक अध्यक्ष, एक महासचिव, एक वरिष्ठ उपाध्यक्ष र ६ उपाध्यक्ष चयन गर्नुपर्नेछ। विधानमा दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्षको पनि व्यवस्था छ। १८ पुसमा सकिएको महाधिवेशनले अध्यक्षबाहेक अन्य पदाधिकारी चयन गरेकै छैन।

माओवादी केन्द्रले केन्द्रीय समितिमा पनि ४७ जना मनोनयन गर्न बाँकी नै छ। माओवादीको विधानमा २ सय ९९ सयको १५ प्रतिशत अध्यक्षले मनोनयन गर्न सक्ने अधिकार छ। योसहित माओवादीको केन्द्रीय कमिटीको संख्या ३ सय ४४ सदस्यीय हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved