विमला वली प्रकरण- एकराजले पैसा फिर्ता नगर्दा घटना भएको छानबिन टोलीको निष्कर्ष

दुईबीचको प्रेम सम्बन्ध लुकाएर राजनीति दलमा सहकार्य गर्दा सापटी लेनदेन भएको उल्लेख

दुईबिच प्रेम सम्बन्ध रहेको र आपसमा लेनदेन भएको चर्चा चलिरहँदा प्रतिवेदनमा भने एउटै राजनीति दलमा सहकार्य गर्दा सापटी रकम लेनदेन भएको भनिएको छ।

नेपालभ्युज

विमला वली प्रकरण- एकराजले पैसा फिर्ता नगर्दा घटना भएको छानबिन टोलीको निष्कर्ष

काठमाडौं। लुम्बिनी प्रदेशका स्वास्थ्य,जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले वाईसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा गरेको विवादको घटना छानबिन गर्न बनेको टोलीले प्रतिवेदन बुझाएको छ।

तुलसीपुरमा उपमहानगरपालिका–५ मा वाईसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा गरेको विवादको घटना छानबिन गर्न बनेको सरकारी छानबिन टोलीले आफ्नो प्रतिवेदन मुख्यमन्त्री कुलप्रसाद केसीलाई आज बुझाएको हो।

प्रतिवदनमा विमला र एकराज बीचको लेनदेन कारणले घटना घटेको निष्कर्ष निकालेको छ। तर दुईबीचको प्रेम सबन्ध भने उल्लेख गरिएको छैन। दुईबिच प्रेम सम्बन्ध रहेको र आपसमा लेनदेन भएको चर्चा चलिरहँदा प्रतिवेदनमा भने एउटै राजनीति दलमा सहकार्य गर्दा सापटी रकम लेनदेन भएको भनिएको छ।

विमला र एकराज बस्नेतबीच ६ लाख २० हजार रुपैयाँ लेनदेन भएको बताइएको छ। छानबिन समितिका संयोजक आन्तरिक मामिला मन्त्री तिलक राम शर्मा र सदस्य महिला तथा बालबालिका मन्त्री रमा घर्तीले बुझाएको प्रतिवदनमा यस्तो उल्लेख रहेको मुख्यमन्त्री कार्यालयले जनाएको हो।

प्रतिवेदनमा राज्यमन्त्रीजस्तो व्यक्तिले सर्वसाधारणको घरमा श्रीमती र छोरीसँग झगडा गर्नु कमजोरी भएको उल्लेख छ। रकम असुली गर्नको लागि घरमै भन्दा अन्य विकल्प नखोज्नु कमजोरी भएको उल्लेख छ। घटनामा विमलाले दायित्व बिर्सेर काम गरेको उल्लेख गर्दे सरकाले कडा रूपमा सचेत बनाउनु पर्ने राय दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved