हरेक साल किसानलाई चाहिने बेला मल आपूर्ति हुँदैन, यस्तो किन – ओली

पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यस वर्ष पनि सरकारले किसानका लागि मल ल्याउने व्यवस्था नगरेको बताए।

नेपालभ्युज

हरेक साल किसानलाई चाहिने बेला मल आपूर्ति हुँदैन, यस्तो किन – ओली

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यस वर्ष पनि सरकारले किसानका लागि मल ल्याउने व्यवस्था नगरेको बताए।

अखिल नेपाल किसान महासङ्घले शनिबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले हरेक वर्ष खेती गर्ने बेला किसानलाई मल किन आपूर्ति हुँदैन भनेर प्रश्न गरे।
सरकारले मलको प्रबन्ध नगरेपछि किसानले कसरी पाउँछन् भनेर असन्तुष्टि व्यक्त गरे।

संसद्मा गरेको प्रतिबद्धता प्रधानमन्त्री शेरबहादुर देउवाले पूरा गर्न नसकेको पनि उनको भनाइ थियो ।

’’कृषि प्रदान देश, ६० प्रतिशत जनता कृषिमा संलग्न छ । यस्तो अवस्थामा कृषि प्रदान देशमा, यस्तो उर्वर देशमा, जहाँ यति हिमाल, पहाड, उर्वर फाँट छन् । जहाँको जनसंख्या ३ करोडभन्दा कम छ । त्यस्तो देशमा किन हामी खाद्यान्नमा पनि आत्मनिर्भर हुन नसकेर ४९ अर्बका आयात गर्छौं, चामलमात्रै, हरेक साल किसानलाई चाहिने बेलामा मल आपूर्ति हुँदैन, किन यस्तो हुन्छ’’ उनले प्रश्न गरे।

किसानका लागि मलको अभाव हुन नदिन सरकारले बेलैमा आवश्यक व्यवस्था गर्न नसकेको ओलीको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved