सलाह अझै तीन वर्ष एनफिल्डमै रहने

नयाँ सम्झौताअनुसार अब ३० वर्षीय सलाह सन् २०२५ सम्म लिभरपुलमै रहने छन्।

नेपालभ्युज

सलाह अझै तीन वर्ष एनफिल्डमै रहने

काठमाडौं। लिभरपुलका स्टार फरवार्ड मोहमद सलाह थप तीन वर्ष क्लबमै रहने भएका छन्। उनले क्लबसँगको सम्झौता नवीकरण गरेका छन्।

प्रिमियर लिग क्लब लिभरपुलले शुक्रबार सलाहसँग सम्झौता नवीकरण गरेको जनाएको छ। इजिप्टका स्टार सलाह थप तीन वर्ष एनफिल्डमै रहन तयार भएका हुन्।

नयाँ सम्झौताअनुसार अब ३० वर्षीय सलाह सन् २०२५ सम्म लिभरपुलमै रहने छन्। उनी सन् २०१७ मा रोमाबाट लिभरपुल पुगेका थिए।

सलाहले लिभरपुलका लागि २५४ खेल १५६ गोल गरेका छन्।

सलाहले लिभरपुलका लागि च्याम्पियन्स लिग, प्रिमियर लिग, एफए कप, लिग कप, फिफा क्लब विश्वकप र यूईएफए सुपर कप जितेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved