प्रिय पात्र

‘आगत’को उमेशहरि र चित्रलेखाको ‘चित्रलेखा’

‘आगत’ एक कथारहित कथानक उपन्यास हो। यसमा लामो र उपकथाहरूले झ्याँगिएको कथा छैन। तथापि नेपालको तराई, काठमाडौं र भारतको बनारस गरी त्रिकोणात्मक भौगोलिक पृष्ठभूमिको जनजीवनमा लेखिएको उपन्यासको कथा भन्नु नै एक ब्राह्मण शर्मा परिवारको पारिवारिक परिसम्वाद र घटनाक्रमहरूले बुनिएको राणाकालीन परिवेश तथा राणाहरूको स्वेच्छाचारिताको मिहीन चित्रण हो।

‘आगत’को उमेशहरि र चित्रलेखाको ‘चित्रलेखा’

उपन्यास साहित्यको एक रोचक, ज्ञानवर्द्धक र मिथकीय कथानक जोडिएर पाठकको मस्तिष्कलाइ झंकृत पार्ने विधा हो। अन्य विधाहरूको तुलनामा उपन्यास र कथा नै ज्यादा पढिने र यसका पात्रहरू लामो समयसम्म पाठकहरूको मनमा सल्बलाइरहने गर्छन्। विश्वका र नेपाली साहित्यका कतिपय उपन्यासका पात्रहरूले गहन अध्येताको मनमा गहिरो प्रभाव पारिरहेको हुन्छ। नेपाली साहित्यमा यस्ता दर्जनौँ उपन्यास र कथाहरू छन् जसका पात्रहरू गहन अध्येता मात्र होइन सामान्य पाठकको मनमा पनि अमिट रुपमा बाँचिरहेका छन्। गुरुप्रसाद मैनालीको ‘नासो’ तथा बीपी कोइरालाको ‘दोषी चस्मा’ लगायतका दर्जनौँ आख्यानका पात्रहरू अहिले पनि हाम्रो समाजमा उक्ति वा किम्वदन्तीका रुपमा प्रकट हुने गरेको छ। यस्ता जीवन्त पात्रहरूले समाजलाई एकप्रकारको दीर्घप्रभावी सन्देश र आदर्शसमेत दिइरहेका हुन्छन्।

समकालीन नेपाली साहित्यमा पनि यस्ता जीवन्त पात्र खडा गरिएका उपन्यासहरू आएका छन्। डा. ध्रुवचन्द्र गौतमका केही उपन्यास तथा नयनराज पाण्डेको ‘उलार’ र ‘लू’ लगायत अन्य कतिपय उपन्यासका पात्रहरू पनि नेपाली साहित्यको आख्यान विधामा जीवन्त लाग्दछन्।

उपन्यासको सन्दर्भमा समकालीन लेखनका प्रवृत्तिमा अनेकन प्रयोग हुन थालेका छन्। प्रयोगका नाममा भएका यस्ता शैलीगत प्रवृत्ति र तिनका विषय तथा कथा र पात्रहरू कति समय जीवित हुन्छन् त्यो भविष्यको गर्तमा नै छ। तथापि सामाजिक जीवन र मानवीय सरोकारविहीन अमूर्त साहित्यमा दीर्घजीवन हुँदैन।

उपन्यास लेखनमा कथानकसँगै उपकथामा प्रविष्ट तथा मूलकथाकै बहावमा आउने पात्र र तिनको चरित्र निर्माणमा लेखकको कुशलता देखिन्छ। लेखकले आफ्नो कुरा पात्रहरूमार्फत जति कलात्मक रुपमा भनाउँछ उति लेखकको सफलता र पात्रहरूको जीवन्तता प्रकट हुन्छ। कथाको संरचना, चरित्र निर्माण र कथाका शैली, शिल्प तथा संगठनमा नै उपन्यासको जीवन बसेको हुन्छ।

यसरी सरसरी बुझ्ने क्रममा मैले पढेका थोरै देशी–विदेशी उपन्यासमध्ये केही र तिनका पात्रहरूले बेलाबखत मलाई झस्काउने गरेका छन्। म त्यति सारै पढन्ता र गम्भीर अध्येता होइन तथापि मेरो मनमस्तिष्कमा लामो समयदेखि नमेटिएका केही पात्रहरू छन्, जसले मलाई साहित्य लेखनमा समेत उध्र्वगामी चेतना दिएका छन्। उपन्यासको सन्दर्भमा समकालीन लेखनका प्रवृत्तिमा अनेकन प्रयोग हुन थालेका छन्। प्रयोगका नाममा भएका यस्ता शैलीगत प्रवृत्ति र तिनका विषय तथा कथा र पात्रहरू कति समय जीवित हुन्छन् त्यो भविष्यको गर्तमा नै छ। तथापि सामाजिक जीवन र मानवीय सरोकारविहीन अमूर्त साहित्यमा दीर्घजीवन हुँदैन।

मैले झन्डै चालीस वर्षअघि पढेका केही उपन्यास र तिनका पात्रहरूमध्ये भवानी भिक्षुको ‘आगत’ र भगवतीचरण वर्माको ‘चित्रलेखा’ दुई उपन्यास र तिनका पात्रहरूसँग म बेलाबखत भावनात्मक रुपमा खेल्ने र संवाद गर्ने गर्छु। हुन त यी बाहेक कतिपय उपन्यासका लेखकको नाम बिर्सिएर पनि पात्रहरूको नाम सम्झनामा रहने विषम अवस्था पनि मेरा सामु नआएका होइनन्। ‘नौका डुबी’, ‘कपालकुण्डला’, ‘काइट रनर’ आदिका पात्रहरू पनि मसँगै जीवित छन्। नेपाली साहित्यमा कतिपय सुन्दर कृतिहरू वर्तमानमा ओझेलमा परेका छन् र नयाँ पाठकहरूको जानकारी र पहुँचमा पाइँदैनन्। यसमध्ये भवानी भिक्षु र उनको उत्तम औपन्यासिक कृति ‘आगत’ हो।

उपन्यासको मूलपात्र अथवा नायक उमेशहरि शर्मा छन्। यसका अतिरिक्त उसकी पत्नी कनकलतालगायत आमा, बहिनी, बुहारी र परिवारका अनेक नाता कुटुम्बहरू जोडिएका छन्। नायक उमेशहरि एक आदर्शवादी पात्र हो।

भिक्षु र आगतः

युवावयमा नै कवि र कथाकारको परिचय बनाइसकेका भिक्षुले पत्रकारिता पनि गरे। करिब बाह्र वर्ष लगाएर उपन्यास लेखे र दुई वर्ष लगाएर सम्पादन गरे। उनको उपन्यास तीन वर्ष साझा प्रकाशनमा थन्कियो। यसरी करिब अठार वर्षको साधना र प्रतीक्षापछि भवानी भिक्षु नेपाली साहित्यको एक सफल उपन्यासकारमा दर्ज भए। उनी नेपाली साहित्यका एक आदर्शवादी अमर लेखक हुन्। उनको उपन्यास ‘आगत’ले नेपाली समाजको सामाजिक जीवन राणाकालीन समय र त्यसभित्रका अनेक चरित्रहरूको उत्खनन् गरेका छन्। ‘आगत’ पढ्दै जाँदा असामान्य र आदर्श चरित्रहरूको विशिष्ट सिर्जना गरेर सात सालअघिको नेपालको चित्रपट उतारेको अनुभूति हुन्छ। उनको लेखनमा शासन प्रणाली र शासकहरूका विरुद्ध विद्रोहजन्य चेतना सम्प्रेषण गरेको पाइन्छ। सामन्तवादी सामाजिक संरचना र जमिन्दारी प्रथा विरुद्ध आदर्शमय चरित्र निर्माण गरेर भिक्षुले उपन्यासलाई अत्यन्त रोचक र नयाँ तथा अग्रगामी समाज निर्माणको परिकल्पना गरेका छन्। पात्र र चरित्र निर्माण तथा लेखन शिल्पमा क्लासिक स्वरूप देखिने ‘आगत’ एकप्रकारले क्लिष्ट भाषी उपन्यास पनि हो। कतिपय ठाउँमा मातृभाषी प्रभाव देखिए पनि मूलतः उनको भाषिक शिल्पमा संस्कृतनिष्ठ जटिलता पाइन्छ। यदाकदा मदनमणि दीक्षितको भाषिक लयको झल्को दिए पनि भिक्षुको लेखन शैली भने खासै असम्प्रेष्य छैन।

‘आगत’ एक कथारहित कथानक उपन्यास हो। यसमा लामो र उपकथाहरूले झ्याँगिएको कथा छैन। तथापि नेपालको तराई, काठमाडौँ र भारतको बनारस गरी त्रिकोणात्मक भौगोलिक पृष्ठभूमिको जनजीवनमा लेखिएको उपन्यासको कथा भन्नु नै एक ब्राह्मण शर्मा परिवारको पारिवारिक परिसम्वाद र घटनाक्रमहरूले बुनिएको राणाकालीन परिवेश तथा राणाहरूको स्वेच्छाचारिताको मिहीन चित्रण हो।

उपन्यासको मूलपात्र अथवा नायक उमेशहरि शर्मा छन्। यसका अतिरिक्त उसकी पत्नी कनकलतालगायत आमा, बहिनी, बुहारी र परिवारका अनेक नाता कुटुम्बहरू जोडिएका छन्। नायक उमेशहरि एक आदर्शवादी पात्र हो। समाजमा न्याय स्थापना तथा अनुशासित र कर्तव्यपरायण शर्मा परिवारको आदर्श र संघर्षको लामो शृंखला पाइन्छ। यहाँनेर नायक उमेशहरिले समाजमा न्याय स्थापनाका लागि व्यवस्थाभन्दा पनि व्यक्तिव्यक्तिमा मानवोचित सद्भावपूर्ण व्यवहार प्रदर्शन गरेका छन्। तराईको गोसाईपुर गाउँको जमिन्दारी तथा शर्मा परिवारको संघर्षको गाथाले भरिएको कथाको अन्त्य पनि त्यो परिवार बनारस (काशी) पलायन भएर सकिन्छ। राणा सरकारले शर्मा परिवारको गोसाईपुरको विशाल इलाका एक भारतीय काठ व्यापारीलाई चार वर्षको किस्तामा रकम तिर्ने गरी बिक्री गरेपछि शर्मा परिवार देश निकालामा पर्छन् र बनारस प्रवासमा जान्छन्।

‘अब गोसाईपुर पुग्नु पर्दैन, हामी साराको वतन छुट्यो,वतन छोडेर आयौँ’ आफ्नो गोसाईपुरको रजगज छोडेर काशी प्रवासमा हिँडेको उमेशहरिले भारतको शोहरतगढ स्टेशनमा अचानक भेटिएकी भाउजूलाई यसो भन्छ। गोसाईपुरको सारा जमिन लिलाम भएपछि एकपटक गोसाईपुरको अनुहार हेर्ने धोकोले त्यता जान लागेकी उमेशकी भाउजू सम्झना बीचैमा भेटिएपछि उपन्यासको अन्त्य हुन्छ र ‘आगत’ उनीहरूको अगाडि भीमकाय रुपमा प्रकट हुन्छ। समग्रमा उमेशहरिको चेतना र परिकल्पनाको ‘आगत’ पाठक सामु एक संवेदना बोकेर उभिन्छ।

भगवतीचरण वर्मा र चित्रलेखाः

भगवतीचरण वर्माले तीस वर्षको उमेरमा लेखेको उपन्यास ‘चित्रलेखा’ एक युगान्तकारी कृति हो। उनका अन्य उपन्यासहरूमध्ये ‘चित्रलेखा’ नै सर्वाधिक चर्चित र फरक खालको सौन्दर्यले वेष्टित छ। कानून व्यवसायको पारिवारिक पृष्ठभूमि र आफूस्वयं पेसाले कानून व्यवसायी भए पनि उनको साहित्यप्रतिको गाम्भिर्यताले उनलाई एक नयाँ वैचारिक शिल्पका उपन्यासकारका रुपमा स्थापित गर्‍यो। एउटा विशिष्ट प्रकारको दार्शनिक समस्या उठाएर आध्यात्मिक पृष्ठभूमिमा भौतिकवादी दृष्टिकोणमा लेखिएको ‘चित्रलेखा’ उपन्यास उनका पूर्ववर्ती र पछिल्ला ‘भुले बिसरे चित्र’, ‘आखिरी दाव’, तथा ‘टुटे खिलौना’ आदिको तुलनामा ज्यादै बहसको विषय पनि बन्यो। उनलाई कतिपय उच्च साधक तथा बौद्धिक वृत्तबाट विप्लवकारी विचारधाराका सूत्रधार पनि भनियो। मानवतावादी जीवन दर्शनका पक्षपाती वर्माको कुशलता भनेको फरक विचारको पृष्ठभूमिमा आफ्नो भौतिकवादी विचारलाई कलात्मक र प्रभावकारी ढंगले स्थापित गर्न सक्नु नै हो। तर्कशील पात्रहरू र प्रतिकात्मक स्पन्दनका साथै अत्यन्त सम्प्रेष्य भाषाशैलीले पनि उपन्यासमा सुन्दर निखार ल्याएको छ। विश्वका धेरै भाषामा अनुवाद भइसकेको ‘चित्रलेखा’ नेपालीमा भने तारिणीप्रसाद कोइरालाले अनुवाद गरेका छन्। कोइरालाको अनुवाद क्षमता पनि उत्तिकै प्रभावकारी रहेको छ।

चित्रलेखाको सौन्दर्य, नृत्यकला, मदिराको प्याला र अन्य भौतिक सुख सुविधा आदि सबै अलौकिकजस्ता लाग्छन। उपन्यासको अन्त्य पनि ठुला दुई वैभवशालीहरू भिखारी भएर जीवनको अपार सन्तुष्टि प्राप्त गर्दछन्।

चित्रलेखा बहुपात्रीय उपन्यास होइन। करिव एकदर्जन पात्रहरूमा घुमेको चमत्कारिक कथानकको खास नायक तीनजना भए पनि दुई मुख्य पात्रको सम्बन्धसूत्रको रुपमा भूमिका निर्वाह गर्ने चित्रलेखा नामकी सुन्दरी नर्तकीलाई नै नायक मान्न सकिन्छ। लेखकको मत पनि यही भएर नै होला पुस्तकको नाम पनि ‘चित्रलेखा’ राखिएको हुनुपर्छ। हुन त प्रत्येक पात्रको भूमिका उत्तिकै प्रभावकारी र कथाको रोचक तथा चरमविन्दुमा क्रियाशील देखिन्छ। ‘पाप के हो’ भन्ने प्रश्नलाई समस्याका रुपमा उठाउने दुई पात्रलाई विपरीत जीवन पद्धतिका फरकफरक पात्रको चरित्रबाट अनुभव हासिल गर्न र पाप के हो भन्ने प्रत्यक्ष अनुभव गर्न आएका पात्रको भूमिका पनि कम महत्वपूर्ण छैन।

उपन्यासको मुख्य पात्र अथवा नायक चित्रलेखाको भूमिका विषम् प्रकारको छ। पाटलीपुत्रकि असाधारण सुन्दरीको एक युवकसँग प्रेम हुन्छ र त्यो प्रेमलाई दुवैको परिवार पक्षले अस्वीकार गरेपछि घर त्यागेर हिँड्छन्। तर गर्भवती भएपछि उनी विधवा हुन्छिन् र बच्चाको पनि जन्मनासाथ देहान्त हुन्छ। आफ्नो वैधव्य जीवनभर उनी पाटलीपुत्रको सामन्त विजगुप्तको महलमा नर्तकी भएर बिताउँछिन्। अपार वैभव र सेवकहरू भएकी चित्रलेखाले कालान्तरमा एक योगी कुमार गिरिलाई आफ्नो शरीर सुम्पन्छिन्। यसपछि उनमा वैराग्य उत्पन्न हुन्छ। चित्रलेखालाई प्रेम गरेर पनि प्राप्त गर्न नसकेको विजगुप्तमा पनि चित्रलेखालाई प्राप्त गर्न नसकेपछि वैराग्य उत्पन्न हुन्छ र आफ्नो सम्पूर्ण वैभव सेवकलाई दान दिएर भिखारी भई आफ्नो दरबारबाट निस्कन्छ। उता चित्रलेखा पनि यसरी नै आफ्नो सेवकलाई वैभव दान गरेर भिखारी नै भएर विजगुप्तसँगै जान्छे।

चित्रलेखाको सौन्दर्य, नृत्यकला, मदिराको प्याला र अन्य भौतिक सुख सुविधा आदि सबै अलौकिकजस्ता लाग्छन। उपन्यासको अन्त्य पनि ठुला दुई वैभवशालीहरू भिखारी भएर जीवनको अपार सन्तुष्टि प्राप्त गर्दछन्।

‘संसारमा हामी दुईजना भिखारी बनेर निस्कौँ। प्रेम, केवल प्रेम नै हाम्रो आधार होस्। म आफ्नो सम्पति आजै दान दिन्छु।’ चित्रलेखाले भन्छिन्।

‘हामी दुइजना कति सुखी छौँ।’ विजगुप्तले भन्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved