श्रीमतीलाई चक्कु प्रहार गर्ने श्रीमान् पक्राउ

नेपाल भ्युज

सुर्खेत। श्रीमतीलाई चक्कु प्रहार गर्ने एक जना पक्राउ परेका छन्।

सुर्खेतको चिङ्गाड गाउँपालिका–१ घर भई वीरेन्द्रनगर नगरपािलका–४ भैरवस्थान बस्ने ३० वर्षीया तीलबहादुर घर्तीलाई प्रहरीले आज पक्राउ गरेको हो।

उनले आफ्नी श्रीमती ३३ वर्षीय खगिसरा घर्तीलाई चक्कु प्रहार गरेर घाइते बनाएको प्रहरीले जनाएको छ। घटनालगत्तै जिल्ला प्रहरी कार्यालयबाट पुगेको टोलीले तीलबहादुरलाई नियन्त्रणमा लिएको हो।

तीलबहादुरले ससुराली आएका बेला श्रीमतीलाई चक्कु प्रहार गरेका हुन्। खगिसराको टाउको, घाँटी, कुमको पछाडि दुवै हातमा चोट लागेको छ। उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved