‘प्रहरी निरीक्षक हुँ’ भन्दै ठगी गर्ने तीन जना पक्राउ

जलेश्वर नगरपालिका–१२ थरूवाही गाउँ बस्ने ३० वर्षीय रवि ठाकुरसहित तीन जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

नेपाल भ्युज

‘प्रहरी निरीक्षक हुँ’ भन्दै ठगी गर्ने तीन जना पक्राउ

महोत्तरी। अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै ठगी गर्ने तीन जना पक्राउ परेका छन्।

जलेश्वर नगरपालिका–१२ थरूवाही गाउँ बस्ने ३० वर्षीय रवि ठाकुरसहित तीन जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

जलेश्वर नगरपालिका१२ नैन्ही गाउँस्थित किराना पसलमा रविले आफू अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै नगद माग गरी २ हजार २ सय भारतीय रूपैयाँ र १ हजार नेपाली रुपैयाँ लिएको प्रहरी अनुसन्धानमा खुलेको छ।

प्रहरीले उनीहरुको साथबाट २ थान मोटरसाइकल समेत बरामद गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved