प्रकाशको सालिक अनावरण गर्दै प्रचण्डले भने – हामीले बनाउन भनेका होइनौँ

‘‘कसैलाई भ्रम नहोस् । यो हाम्रो तर्फबाट अनुरोध, माग, पहल गरिएर यो निर्माण भएको होइन। पर्वतारोहण संघले नै आवश्यकता महसुस गरेर यसलाई अगाडि बढायो।’’

नेपालभ्युज

प्रकाशको सालिक अनावरण गर्दै प्रचण्डले भने – हामीले बनाउन भनेका होइनौँ
फाइल तस्वीर

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिवंगत प्रकाश दाहालको सालिक निर्माणबारे अनावश्यक भ्रम नफैलाउन आग्रह गरेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले शुक्रबार नुवाकोटको ककनीमा निर्माण गरिएको आफ्ना दिवंगत पुत्र प्रकाशको सालिक अनावरण गर्दै भ्रम नफैलाउन आग्रह गरेका हुन्।

‘‘कसैलाई भ्रम नहोस् । यो हाम्रो तर्फबाट अनुरोध, माग, पहल गरिएर यो निर्माण भएको होइन,’’ उनले भने, ‘‘पर्वतारोहण संघले नै आवश्यकता महसुस गरेर यसलाई अगाडि बढायो। म उहाँहरुलाई धन्यवाद भन्न चाहन्छु।’’

संघले सालिक निर्माणको विषयमा बुझाएपछि मात्रै आफू राजी भएको उनले स्पष्ट पारे। ‘‘यो ठाउँमा प्रकाशको सालिक निर्माण गर्ने सन्दर्भमा मैले यसलाई अलिकति कताकता अप्ठ्यारो महसुस गरेको थिएँ’’, उनले भने, ‘‘यसको उद्देश्य कसैको पनि परिवारलाई सम्बोधन गर्ने नभएर आरोहीहरु सबैलाई सम्मानित गर्नेछ भनेर कन्भिन्स गराएपछि म राजी भएको हुँ।’’

यो प्रक्रियासँगै अब सबै सगरमाथा आरोहीहरुको पनि सालिक अनावरण गर्ने तथा सम्मान गर्ने प्रक्रियाको नयाँ सुरुवात भएको आफूले महसुस गरेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved