राष्ट्रपतिले अवलोकन गरिन् जगन्नाथ रथयात्रा

नेपालभ्युज

राष्ट्रपतिले अवलोकन गरिन् जगन्नाथ रथयात्रा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको सुन्धारामा पुगेर जगन्नाथ रथयात्राको अवलोकन गरेकी छन्।

नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (स्कोन नेपाल)ले आयोजना गरेको सो रथयात्रामा सरिक हुँदै राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गरेकी थिइन्।

स्कोनको तर्फबाट नेपालका लागि प्रतिनिधि पत्रिदासले विश्वमा शान्ति कायम गर्न यात्राको आयोजना गरिएको बताए। सामान्य कार्यक्रम गरेर विगतका वर्षहरूमा पनि गर्ने गरिए पनि राष्ट्रप्रमुखको सहभागितामा भने पहिलोपटक रथयात्रा गरिएको आयोजकले जनाएको छ।

सुन्धाराबाट शुरु भएको रथयात्राले शहरका विभिन्न स्थानको परिक्रमा गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved