राष्ट्रियसभाबाट रेल्वे विधेयक २०७९ सर्वसम्मतिले पारित

नेपालभ्युज

राष्ट्रियसभाबाट रेल्वे विधेयक २०७९ सर्वसम्मतिले पारित

काठमाडौं। राष्ट्रिय सभाको बैठकले रेल्वे विधेयक २०७९ सर्वसम्मतिले पारित गरेको छ।

शुक्रबार बसेको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले दफावार छलफलका लागि विधेयक प्रस्तुत गरेकी थिइन्।

छलफलमा क्रममा सांसदहरूले विधेयकका उल्लेख केही विषयमा संशोधन गर्नुपर्ने बताएका थिए। मन्त्री यादवले निश्चित समयमा ऐन कार्यान्वयन मापन गर्दै त्यसको जानकारी सदनमा गराउने बताए। रेल्वे बोर्डको काम कर्तव्य र अधिकारका विषयमा पनि सांसदहरूले उठाएका विषयलाई सम्बोधन गर्ने उनको भनाइ थियो।

मन्त्री यादवले परिमार्जन गर्दै रेल्वे विधेयकमा पूर्ण बनाउने जिकिर गरे।

छलफलपछि बैठकले रेल्वे विधेयकलाई पारित गरेको हो। त्यस्तै बैठकले औषधि तेस्रो संशोधन विधेयक, २०७९ पनि पारित गरेको छ भने स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ सर्वसम्मतिले पारित गरेको छ।

राष्ट्रियसभाको अर्को बैठक असार २० गते बोलाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved