विश्वमा ३ अर्ब ३३ करोड मानिसले चलाउँदैनन् सामाजिक सञ्जाल

नेपालभ्युज

विश्वमा ३ अर्ब ३३ करोड मानिसले चलाउँदैनन् सामाजिक सञ्जाल

काठमाडौं। मानिसहरूबीच सञ्चारको मध्यस्थकर्ताका रूपमा हाल सबैभन्दा लोकप्रिय माध्यम सामाजिक सञ्जाल हो।

सामाजिक सञ्जाल प्लेटफर्म शुरु भएको दुई दशक नाघ्दा विश्वका आधाभन्दा बढी मान्छे यसमा अभ्यस्थ भइसकेका छन्। सञ्चारको माध्यमका रूपमा मात्रै नभएर एउटा लतका रूपमै सामाजिक सञ्जाल स्थापित भइसकेको छ, यसबिनाको दैनिकी परिकल्पना समेत गर्न नसक्नेको संख्या ठूलो छ। सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण मानिसहरूको मानसिक स्वास्थ्यमा दुष्प्रभाव पनि बढ्दो छ। यसका बाबजुद अझै पनि संसारमा सामाजिक सञ्जाल नै नचलाउनेको संख्या पनि कम भने छैन।

एक अनुसन्धानकाअनुसार विश्वमा अझै ३ अर्ब ३३ करोड भन्दा बढी मानिस सामाजिक सञ्जालको प्रयोग गर्दैनन्। पपुलेसन म्याटर्स अर्गनाइजेसनकाअनुसार विश्वको हालको जनसंख्या ७ अर्ब ९५ करोड रहेकोमा अध्ययनले सामाजिक सञ्जाल चलाउनेको संख्या ४ अर्ब ६२ करोड रहेको देखाएको छ।

संसारको पहिलो सामाजिक मिडिया प्लेटफर्म १९९७ मा शुरु भएको थियो, जसको नाम डिग्री थियो। एन्ड्रयू वेनरिकद्वारा सञ्चालित यो प्लेटफर्मका प्रयोगकर्ता सन् २००१ सम्म एक करोड नाघेका थिए, तर पछि उक्त मिडिया बन्द भयो। त्यसयता फेसबुकलगायत दर्जनौँ अन्य सामाजिक सञ्जाल शुरु भइसकेका छन्।

अध्ययनले विश्वमा कम्तीमा एउटा सामाजिक सञ्जाल चलाउने मानिस ५८ दशमलव ४५ प्रतिशत रहेको देखाएको छ।

सामाजिक सञ्जाल प्रयोग नगर्नेको संख्या ठूलो भए पनि प्रयोगकर्ताको संख्या घट्दै गएको भने होइन। उक्त अध्ययनका अनुसार सन् २०२० देखि २२ सम्म २ वर्षमा मात्रै ४२ करोड ४० लाख नयाँ प्रयोगकर्ता थपिएका छन्।

प्रयोगकर्ता मात्रै होइन, प्रयोगकर्ताले सामाजिक सञ्जालमा बिताउने समय पनि बढेको छ। १ दशमलव ४५ प्रतिशतले सामाजिक सञ्जाल प्रयोग गर्ने समय वृद्धि भएकोमा औसतमा एक मानिसले दिनमा २ घण्टा २७ मिनेट सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको उक्त अध्ययनको रिपोर्ट छ।

सबैभन्दा बढी प्रयोगकर्ता भएको सामाजिक सञ्जाल फेसबुक रहेकोमा यसका प्रयोगकर्ता २ अर्ब ९० करोड नाघेका छन्। फेसबुकपछि २ अर्ब ५० करोड प्रयोकर्तासहित फेसबुक दोस्रो नम्बरमा छ।

एजेन्सीको सहयोगमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved