युक्रेनमा क्षेप्यास्त्र आक्रमणमा दुई बालबालिकासहित १८ जना मारिए

युक्रेनमा क्षेप्यास्त्र आक्रमणमा दुई बालबालिकासहित १८ जना मारिएका छन्। आक्रमणमा परी ३० जना घाइते भएका छन्।

नेपालभ्युज

युक्रेनमा क्षेप्यास्त्र आक्रमणमा दुई बालबालिकासहित १८ जना मारिए

एजेन्सी। युक्रेनमा क्षेप्यास्त्र आक्रमणमा दुई बालबालिकासहित १८ जना मारिएका छन्।

बन्दरगाह शहर ओडेसाको आवासीय क्षेत्रमा आज बिहान रूसी सेनाले गरेको क्षेप्यास्त्र आक्रमणमा परी दुई जना बालबालिकासहित १८ जनाको ज्यान गएको हो।

रूसी क्षेप्यास्त्रको निशानामा आवासीय बहुतले भवन र मनोरञ्जन क्षेत्र परेको युक्रेनी अधिकारीहरूले बताएका छन्। आक्रमणमा परी ३० जना घाइते भएका छन्। आक्रणको दृश्यमा जलेका भवनका अवशेष देखिएको छ। युक्रेनी सेनाले आक्रमणकारीहरूलाई भगाएको दाबी गरेको छ।

युक्रेन युद्ध पाँचौ महिनामा प्रवेश गरेको छ। दुई देशबीच द्वन्द्व जारी रहँदा युरोपेली देशमा इन्धन आपूर्ति प्रभावित भएको छ भने खाद्य संकटको चुनौती थपिएको छ। गत सोमबार किएभस्थित किनमेल घरमा भएको भीषण आक्रमणलाई लिएर युक्रेनले रूसमाथि युद्ध अपराधको आरोप लगाएको छ। एकहजारभन्दा बढी सर्वसाधारण किनमेलमा व्यस्त भएका बेला गैरसैनिक क्षेत्रमा रूसी फौजले गरेको आक्रमणको युक्रेनी राष्ट्रपतिले निन्दा गरेका थिए।

पाँच महिनाअघि नै राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि गरिएको ‘विशेष सैन्य कारबाही’ उसको भूमि कब्जाका निम्ति नभइ सैन्य सामर्थ्य र हतियार भण्डार नष्ट गर्ने उद्देश्य भएको बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved