‘आईएमई नेपाल लोकस्टार–२’ पावर बाई जगदम्बा सुपर साइन

नेपालभ्युज

‘आईएमई नेपाल लोकस्टार–२’ पावर बाई जगदम्बा सुपर साइन

काठमाडौं।  नेपालको मौलिक लोक संगीतमा आधारित रियालिटी शो ‘आईएमई नेपाल लोकस्टार’ को दोस्रो सिजनको लागि पावर बाई स्पोन्सरका रूपमा जगदम्बा स्टील्सअन्तर्गत जगदम्बा सुपर साइन जस्तापाता अनुबन्ध भएको छ।

जगदम्बा स्टील्सका महाप्रवन्धक, मनोज तिवारी र हिमालय टेलिभिजनका अध्यक्ष, धर्मराज भुसालकाबीच काठमाडौं स्थित र्‍याडिसन होटलमा बिहीबार आयोजित विशेष समारोहबीच सम्झौता हस्ताक्षर भएको हो।

लोकस्टारको डिजिटल अडिसन हालै सम्पन्न भएको छ जहाँ हजारौं प्रतिभाहरूले लोकस्टार सिजन २ को उपाधि जित्ने आकांक्षासहित आवेदन गरेका छन्। यी आवेदनमध्येबाट छानिएका प्रतिभासँगै देशका विभिन्न स्थानमा हुने फिजिकल अडिसनबाट पनि प्रतिभाहरूको छनौट गरिने छ।

केही दिनमै नयाँ सिजनको सुटिङ प्रारम्भ हुने र साउन महिनाको अन्त्यदेखि हरेक मंगलबार र बुधबार राती ८ बजे कार्यक्रम प्रसारण हुनेछ।

काठमाडौं स्थित र्‍याडिसन होटलमा बिहीबार आयोजित विशेष समारोहमा लोकस्टार सिजन–२ का प्रायोजकहरूसँग सम्झौता भएको छ। पावर बाई स्पोन्सरका रूपमा जगदम्बा स्टील्स अन्र्तगतको जगदम्बा सुपर साइन जस्तापाता अनुवन्ध भएको छ।

कुमार बस्नेतदेखि प्रकाश सपूतसम्मका स्टारहरू

यसैबीच दोस्रो सिजनका लागि निर्णायकहरूको छनोट गरिएको छ। नेपाली लोकसंगीत शिखर पुरुष कुमार बस्नेत यसपटक नेपाल लोकस्टारको निर्णायकका रूपमा अनुबन्ध हुनुभएको छ।

उमेरले झण्डै ८० बर्ष पुग्न लाग्नुभएका बस्नेत नयाँ पुस्ताका प्रतिभा तिखार्ने अभिलासा बोकेर लोकस्टारमा निर्णायकका रूपमा अनुबन्ध भएका हुन्।

यसैगरी चर्चित लोक तथा दोहोरी गायिका ज्योती मगर पनि निर्णायकका रूपमा अनुवन्ध भएकी छन्। पहिलो सिजनमा पनि निर्णायक रहेका रामजी खाँड यसपटक पनि लोकस्टारमा निर्णायककै रूपमा रहनेछन्। यस्तै चर्चित लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्मा पनि यो सिजनको निर्णायक छन्।

लोकस्टार सिजन २ लाई फिल्म एवं रियालिटी शोहरूको सफल निर्देशन गरिसकेका निर्देशक शिमोस सुनुवारले निर्देशन गर्नेछन् भने चर्चित एरेन्जर एवं संगीतकर्मी आशिष अविरल संगीत निर्देशकका रूपमा अनुवन्धित भएका छन्।

चर्चित लोकगायक प्रकाश सपुत कार्यक्रम सञ्चालक एवं ब्राण्ड आइकनका रूपमा रहने जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved