धान रोपाइँ कार्यक्रममा दुर्व्यवहार भएको भन्दै रेस्लर जुरेलीले दिइन् उजुरी

ललितपुरको फर्सिडोलमा धान रोप्ने कार्यक्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै रेस्लर अस्मिता जुरेलीले युवासंघका एक नेताविरुद्ध प्रहरीमा जाहेरी दिएकी छिन्।

नेपालभ्युज

धान रोपाइँ कार्यक्रममा दुर्व्यवहार भएको भन्दै रेस्लर जुरेलीले दिइन् उजुरी

काठमाडौं। ललितपुरको फर्सिडोलमा धान रोप्ने कार्यक्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै रेस्लर अस्मिता जुरेलीले युवासंघका एक नेताविरुद्ध प्रहरीमा जाहेरी दिएकी छिन्।

युवासंघका केन्द्रीय सदस्य हिकमत बोहराले आफूलाई दुर्व्यवहार गरेको भन्दै जुरेलीले उजुरी गरेकी हुन्।

असार १५ मा युवासंघले आयोजना गरेको धान दिवस कार्यक्रममा ललितपुर महानगरपालिका–२२ स्थित फर्सिडोलमा खेतमा जुरेलीमाथि  दुर्व्यवहार भएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ।

कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल र केन्द्रीय सदस्य महेश बस्नेत पनि सहभागी थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved