काठमाडौं महानगरपालिकाका सार्वजनिक स्थानमा भिख माग्न प्रतिबन्ध

काठमाडौं महानगरपालिकाले महानगरभित्रका सार्वजनिक स्थानमा भिक्षा माग्न प्रतिबन्ध लगाएको छ। महानगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक स्थानमा भिक्षा माग्न प्रतिबन्ध लगाइएको जनाएको छ। 

नेपालभ्युज

काठमाडौं महानगरपालिकाका सार्वजनिक स्थानमा भिख माग्न प्रतिबन्ध

काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगरभित्रका सार्वजनिक स्थानमा भिक्षा माग्न प्रतिबन्ध लगाएको छ। महानगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक स्थानमा भिक्षा माग्न प्रतिबन्ध लगाइएको जनाएको छ।

सूचना अनुसार अब महानगरभित्रका सडक, सार्वजनिक स्थल, गल्ली, पार्क, सरकारी कार्यालयको वरिपरि, बस बिसौनी र सवारीसाधनमा बसेर भिख माग्न पाइने छैन।

साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्परा अनुसार घर घरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक या सांस्कृतिक कार्यमा माग्नेको हकमा भने यो नियम लागू नहुने महानगरले जनाएको छ।

‘‘महानगरपालिका क्षेत्र भित्रको सडक, गल्ली, पार्क, सवारी बिसौनी स्थल, सरकारी कार्यालय वा कार्यालयको परिसर, सार्वजनिक सवारीसाधन र अन्य सार्वजनिक स्थानमा कसैले भिक्षा माग्न वा बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा माग्न दुरुत्साहन नगर्न तथा नगराउन काठमाडौं महानगरपालिका नगर सभा ११औँ अधिवेशनबाट स्वीकृत नीति समेतका आधारमा यो सूचना प्रकाशित गरिएको छ’’, सूचनामा भनिएको छ।

असहाय, बिरामी, बेवारिसे, अशक्त तथा सडक सहयोगापेक्षी मानवको यथोचित तथा मानवीय व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गरिरहेको सूचनामा उल्लेख छ। त्यस्ता व्यक्तिले काठमाडौं महानगरपालिका वा मानव सेवा आश्रममा सम्पर्क गर्न भनिएको छ।

सूचनाको उल्लङ्घन गरेमा मुलुकी अपराध संहिता २०७४ को दफा १२६, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित कानून बमोजिम कारबाही हुने महानगरले चेतावनी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved