साझेदारी वनले उत्पादन गरे साढे तीन लाख बिरुवा

उजाड र वन अतिक्रमित क्षेत्रमा वृक्षरोपण गर्नका लागि बिरुवा उत्पादन गरी वितरण गर्ने कार्यक्रम राखिएको डिभिजन वन कार्यालयका प्रमुख दधिलाल कँडेलले जानकारी दिए।

नेपालभ्युज

साझेदारी वनले उत्पादन गरे साढे तीन लाख बिरुवा

चन्द्रौटा। कपिलवस्तुका तीन साझेदारी वनले साढे तीन लाख बिरुवा उत्पादन गरेका छन। कपिलवस्तु साझेदारी वन, शिवराज साझेदारी वन र गौतमबुद्ध साझेदारी वनले विभिन्न बिरुवा उत्पादन गरी वितरणको तयारी गरेका छन्।

उजाड र वन अतिक्रमित क्षेत्रमा वृक्षरोपण गर्नका लागि बिरुवा उत्पादन गरी वितरण गर्ने कार्यक्रम राखिएको डिभिजन वन कार्यालयका प्रमुख दधिलाल कँडेलले जानकारी दिए।

बिहीबार वन अतिक्रमित क्षेत्र तथा नर्सरी क्षेत्रको अनुगमनका क्रममा वातावरण हरियाली र वन क्षेत्र बढाउने उद्देश्यले कपिलवस्तुको शिवराज नगरपालिका, महाराजगञ्ज नगरपालिका, कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकामा वृक्षरोपणका लागि सबै साझेदारी तथा डिभिजन वनले बिरुवा उत्पादन गरिरहेको बताए।

विगतका वर्षमा जस्तै यस वर्ष पनि साझेदारी वनले उपभोक्तालाई ध्यानमा राखी फलफूलका बिरुवा वितरण गर्ने कपिलवस्तु साझेदारी वनका अध्यक्ष गणेश तिवारीले बताए। बिरुवाको मागसहित निवेदन दिने क्रम शुरु भएकाले अब केही दिनमा वितरण गरिने तिवारीले बताए।

कपिलवस्तु साझेदारी वनले एक लाख ३० हजार बिरुवा उत्पादन गरेको छ। महाराजगञ्ज नगरपालिका क्षेत्रमा विभिन्न नर्सरीमा बिरुवा उत्पादन गरेको सहायक वन अधिकृत एजाज अन्सारीले बताए।

यस्तै, शिवराज साझेदारी वनले यस वर्ष एक लाख २० हजार र गौतमबुद्ध साझेदारी वनले एक लाख १० हजार बिरुवा उत्पादन गरेका छन्। टिक, मसाला, सफेता, निम, तेजपात बकाइनो, जमुनालगायत बिरुवा उत्पादन भएको र उपभोक्तालाई निःशुल्करूपमा बिरुवा वितरण गर्ने तयारीमा रहेको सहायक वन अधिकृत प्रेमशङ्कर गुप्ताले बताए।

डिभिजन वन कार्यालय गौतमबुद्धले यस वर्ष दुई लाख ८७ हजार बिरुवा उत्पादन गरेको छ। बहुवर्षीय बिरुवाअन्तर्गत गत वर्षका ९१ हजार बिरुवा पनि यसै वर्ष वितरण गरिने डिभिजन वन कार्यालय योजना शाखाका अधिकृत गणेश चौधरीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved