पुटिनलाई भेटेर इन्डोनेसियाली राष्ट्रपतिले भने– युद्ध चाँडै अन्त्य होस् 

लगातार भेटवार्ता गरेका इन्डोनेसियाली राष्ट्रपति जोको विदोदोले दुवै देशका प्रमुखसँग आफ्नो मुलुकले यो युद्ध चाँडै अन्त्य होस् भन्ने चाहेको बताएका हुन्।

नेपालभ्युज

पुटिनलाई भेटेर इन्डोनेसियाली राष्ट्रपतिले भने– युद्ध चाँडै अन्त्य होस् 

एजेन्सी। इन्डोनेसियाली राष्ट्रपति जोको विदोदोले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग  युद्ध चाँडै अन्त्य होस् भन्ने चाहेको बताएका छन्। लगातार भेटवार्ता गरेका इन्डोनेसियाली राष्ट्रपति जोको विदोदोले दुवै देशका प्रमुखसँग आफ्नो मुलुकले यो युद्ध चाँडै अन्त्य होस् भन्ने चाहेको बताएका हुन्।

मस्कोमा पुटिनसँगको वार्तापछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा विदोदोले भने, “बाह्य परिस्थिति अझै जटिल देखिए तापनि अझैपनि समस्या समाधान र खुला वार्तातर्फ अघि बढ्नु महत्वपूर्ण छ। म विश्वका सम्पूर्ण नेताहरूलाई आपसी सहयोगको भावना ब्युँताउँन आह्वान गर्छु।”

यसैगरी सोही पत्रकार सम्मेलनमा पुटिनले वार्ता उत्पादक रहेमा रुस र इन्डोनेसियाबीचको सझेदारीलाई अझै सदृढ बनाउने कुरामा  विश्वस्त रहेको बताए।

तर, पुटिनले कुनै पनि संभावित विश्वव्यापी खाद्यान्न समस्याका लागि पश्चिम जगत्लाई दोष दिन भने चुकेनन्। कोरोना भाइरस महामारीको सुरुवातदेखिका खराव परिस्थिति र असुरक्षित ऋणको अनियन्त्रित निष्कासन र संचय पनि असन्तुलित खाद्य बजार असन्तुलनको प्रमुख कारण रहेको उनको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved