दाङमा मोटरसाइकल र साइकल ठोक्किँदा २ जनाको मृत्यु

दाङमा मोटरसाइकल र साइकल ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ।

नेपालभ्युज

दाङमा मोटरसाइकल र साइकल ठोक्किँदा २ जनाको मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं। दाङमा मोटरसाइकल र साइकल ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ।

सौडियारबाट घोराहीतर्फ आउँदै गरेको रा ३ प २९२२ नम्बरको मोटरसाइकलले गएराति पानै नौ बजेतिर घोराही ७ बेसाइ नजिक २ वटा साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका १५ का ३५ वर्षीय गंगाबहादुर कवर र साइकल यात्री सोही वडाका १६ वर्षीय रितेश केसी रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुुकुन्द प्रसाद रिजालले जानकारी दिए।
उनीहरु दुबैको उपचारको क्रममा मृत्युु भएको हो ।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved