आजको मौसम विश्लेषण- विभिन्न स्थानमा वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभावले हल्का वर्षा भइरहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश नं १, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको हो।

नेपालभ्युज

आजको मौसम विश्लेषण- विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभावले हल्का वर्षा भइरहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश नं १, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको हो।

आज दिउँसो देशभर सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशभर धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

यस्तै भोलि देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका तराई क्षेत्रमा हल्का वर्षाको सम्भावना छ।

राती देशभर सामान्य बदली रहनेछ । देशभर धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved