बढ्न थाले कोरोना संक्रमित, चौथो लहरको खतरा छ कि छैन?

बुधबार १ हजार ६ सय २० जनामा ऐन्टिजेन र पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा नेपालमा अहिलेसम्म ६२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालभ्युज

बढ्न थाले कोरोना संक्रमित, चौथो लहरको खतरा छ कि छैन?

काठमाडौं। नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएको छ। बुधबार १ हजार ६ सय २० जनामा ऐन्टिजेन र पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा नेपालमा अहिलेसम्म ६२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

असार १ गतेको तथ्याङ्कलाई हेर्ने हो भने लगभग तेब्बरको सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। असार १ गते ३ हजार ९ सय ५ जनामा ऐन्टिजेन र पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा २५ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
कोरोना संक्रमितको सङ्ख्या मात्रै होइन पछिल्लो समय कोरोनाको सक्रिय संक्रमितको सङ्ख्यामा पनि बढेको छ।

असार १ गते ९७ जना रहेको सक्रिय संक्रमितको सङ्ख्या असार १६ गतेसम्म आइपुग्दा बढेर २ सय ६१ पुगेको छ।
यसरी सङ्क्रमण बढ्दै जानुले नेपालमा कोरोनाको चौंथो लहर आउन लागेको भन्न नसकिने स्वास्थ्य विज्ञहरू बताउँछन्। त्यसका लागि केही हप्ताको संक्रमणदर र जिन सिक्वेन्सिङ हेर्नुपर्ने उनीहरूको भनाई छ।

स्वास्थ्य मापदण्डका उपायहरू अपनाउन छोड्नु र छिमेकी मुलुकमा सङ्क्रमण बढ्नुले सङ्क्रमण बढेको शुक्रराज ट्रपिकल अस्पतालका सरुवा रोग विशेषज्ञ शेरबहादुर पुन बताउँछन्।

पछिल्लो समय नेपालमा कोरोनाको कुन भेरियन्टको सङ्क्रमण देखिएको भन्ने थाहा नहुँदा सङ्क्रमण दर कस्तो अवस्थामा बढ्ला भन्न नसकिने उनको भनाई छ।

नेपालमा ओमिक्रोनको भेरियन्टले सङ्क्रमण बढेको हो वा अन्य भेरियन्टले गर्दा सङ्क्रमण दर बढेको हो त्यो खोजी गर्न आवश्यक रहेको उनको पुनले बताए।

तर, कोरोनाको पहिलो, दोस्रो र तेस्रो लहरलाई हेर्ने हो भने चौथौँ लहरले भयावह अवस्था नल्याउने उनको आङ्कलन छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved