जसपा विभाजनको तयारी भइरहेको बेलामा बाबुरामले भेटे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।

नेपालभ्युज

जसपा विभाजनको तयारी भइरहेको बेलामा बाबुरामले भेटे प्रचण्ड
फाइल फोटो

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। जसपा विभाजनको तयारी भइरहेको बेलामा बेलामा डा भट्टराईले प्रचण्डसँग भेट गरेका हुन्।

बिहीबार बिहान उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा अध्यक्ष प्रचण्ड र भट्टराईबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको बताइएको छ।

प्रचण्डले पूर्वमाओवादीहरू एक ठाउँमा हुनुपर्ने बताउँदै आएका छन्। यद्यपि माओवादीबाट छुट्टिएका नेताहरूले भने प्रचण्डको भनाइलाई खासै महत्त्व दिएका छैनन्। यस्तो बेलामा प्रचण्ड र बाबुरामको भेट उपराष्ट्रपतिले जुराएका हुन्।

उपराष्ट्रपति पुन पनि माओवादीका पूर्व नेता हुन्। अध्यक्ष उपेन्द्र यादवसँग टकराव भएपछि बाबुराम नयाँ पार्टी बनाउने तयारीमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved