महाराष्ट्रमा बन्यो नयाँ सरकार, कुनै समयका रिक्सा चालक बने मुख्यमन्त्री

भरतको महाराष्ट्रमा सत्तारुढ दल शिवसेना पार्टी फुटेपछि सरकार फेरिएको छ। पार्टीमा विद्रोह गरेर बहुमत सांसदको समर्थन जुटाएका शिवसेना नेता एकनाथ शिंदे भाजपाको समर्थनमा मुख्यमन्त्री भएका हुन्। 

नेपालभ्युज

महाराष्ट्रमा बन्यो नयाँ सरकार, कुनै समयका रिक्सा चालक बने मुख्यमन्त्री

नयाँदिल्ली। भरतको महाराष्ट्रमा सत्तारुढ दल शिवसेना पार्टी फुटेपछि सरकार फेरिएको छ। पार्टीमा विद्रोह गरेर बहुमत सांसदको समर्थन जुटाएका शिवसेना नेता एकनाथ शिंदे भाजपाको समर्थनमा मुख्यमन्त्री भएका हुन्।

यसअघि शिवसेनाका प्रमुख उद्धव ठाकरेले कांग्रेसको समर्थनमा सरकार चलाइरहेको थिए। पार्टीका बहुमत सांसदले साथ छाडेपछि ठाकरेले बुधबार बेलुका राज्यपालसमक्ष राजीनामा दिएपछि फुटेको पक्षको नेतृत्वकर्ता  एकनाथ शिंदेले सरकार बनाएका हुन्।

शिवसेनाका नेता शिंदेले पार्टीको ५६ जना विधायकमध्ये ३९ को समर्थन प्राप्त गरेका छन्। उनी केही दिनदेखि आफ्ना समर्थक विधायकसहित लिएर असमको गुवाहाटीमा बसिरहेका थिए।

भाजपाले समर्थन गरेपछि शिंदेले बहुमत विधायकहरुको साथ आफूसमक्ष रहेको भन्दै राज्यपाल भगतसिंह कोश्यारीसमक्ष सरकारको दाबी गरेका हुन्। भाजपाले शिंदेलाई मुख्यमन्त्रीमा समर्थन गरेपछि उनले सपथ लिएका छन्।

महाराष्ट्र विधासभामा २ सय ८८ सिट छ। त्यहाँ बहुमतका लागि १ सय ४४ विधायकको समर्थन चाहिन्छ। शिंदेले १ सय ६१ विधायकको साथ पाएका छन्। भाजपाको १ सय ६, शिवेसेनाका बागी ३९, निर्दलीय ८ र प्रहार पार्टीका २ जना सांसदको साथ उनले पाएका हुन्।

शिंदेले १८ वर्षको उमेरमै शिवसेनाबाट राजनीतिक यात्रा सुरु गरेका थिए। २०१५ देखि २०१९ सम्म लोकनिर्माण मन्त्री बनेका उनी पछिल्लो समय भने शहरी विकास मन्त्रीको जिम्मेवारीमा थिए। पढ्नका लागि ठाणे आएका उनी कुनै समय अटोरिक्सासमेत चलाउँथे । अटोरिक्सा चलाउँदै गर्दा उनी शिवसेनासँग जोडिएका हुन्। उनका छोरा श्रीकान्त पनि राजनीतिमा छन्। पेशाले चिकित्सक शिंले कल्याण क्षेत्रबाट लोकसभा सदस्य रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved