सरकारले भन्यो- हैजालगायत रोग फैलिन सक्छ, सबै अस्पताल तयारी रहनू

नेपालभ्युज

सरकारले भन्यो- हैजालगायत रोग फैलिन सक्छ, सबै अस्पताल तयारी रहनू

काठमाडौं । देशैभर मनसुन सक्रिय भएलगत्तै खानेपानी प्रदूषित भएका कारण हैजा लगायत विभिन्न संक्रामण रोग फैलिन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई तयारी अवस्थामा बस्न अनुरोध गरेको छ।

संक्रामक रोगबाट बच्न सरकारले सबै अस्पताल र स्वास्थ्यकर्मीहरूलाई आवश्यक पर्ने पूर्वाधारहरु तयारी अवस्थामा राख्न निर्देशन दिएको हो।

अस्पतालहरूबाट आवश्यक सूचना संकलन तथा निगरानी गरी तत्काल उपचारमा संकलन हुनुपर्ने भएकोले साधन स्रोतलाई अधिकतम उपयोग गरेर जनधनको क्षति न्यूनीकरण हुने गरी संयन्त्र तथा कार्ययोजना तयार गरी कार्य गर्नुपर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताए।

त्यस्तै मन्त्रालयले मनसुनपूर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमा गरी सबै निकायलाई पठाइसकेको समेत उनले जानकारी दिए।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved